भ्रष्टाचार मुद्दामा मन्त्रीका स्वकीय सचिव जेल चलान « Khabarhub

भ्रष्टाचार मुद्दामा मन्त्रीका स्वकीय सचिव जेल चलान


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मन्त्रीका स्वकीय सचिव जेल चलान भएको छ ।

आठ वर्ष पहिले विशेष अदालतबाट दोषी ठहर भइ फरार रहेका सिरहाका एक जना जेल चलान भएको हो ।

नवराजपुर गाउँपालिका १ का ४६ वर्षीय नागेन्द्रप्रसाद यादवलाई बुधबार सिरहा प्रहरीले पक्राउ गरी सिरहा करागारमै पठाएको छ ।

यादव पूर्ववन राज्यमन्त्री लक्ष्मण मेहताका स्वकीय सचिव हुन् । यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुस लिँदालिँदै ०६८ फागुन १७ मा काठमाडौँमा रंगेहात पक्राउ गरेको थियो ।

त्यतिबेला यादव ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । त्यसपछि विशेष अदालतले ०७० असार ३१ मा भ्रष्टाचार गरेको प्रमाणित गरेपछि यादव फरार थिए ।

अदालतले यादवलाई १ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयन गर्न अदालतको निर्देशनअनुसार खोजबिन गर्ने क्रममा झण्डै ८ वर्षपछि उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १२ : ३६ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण