भ्रष्टाचार मुद्दामा मन्त्रीका स्वकीय सचिव जेल चलान « Khabarhub

भ्रष्टाचार मुद्दामा मन्त्रीका स्वकीय सचिव जेल चलान


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मन्त्रीका स्वकीय सचिव जेल चलान भएको छ ।

आठ वर्ष पहिले विशेष अदालतबाट दोषी ठहर भइ फरार रहेका सिरहाका एक जना जेल चलान भएको हो ।

नवराजपुर गाउँपालिका १ का ४६ वर्षीय नागेन्द्रप्रसाद यादवलाई बुधबार सिरहा प्रहरीले पक्राउ गरी सिरहा करागारमै पठाएको छ ।

यादव पूर्ववन राज्यमन्त्री लक्ष्मण मेहताका स्वकीय सचिव हुन् । यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुस लिँदालिँदै ०६८ फागुन १७ मा काठमाडौँमा रंगेहात पक्राउ गरेको थियो ।

त्यतिबेला यादव ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । त्यसपछि विशेष अदालतले ०७० असार ३१ मा भ्रष्टाचार गरेको प्रमाणित गरेपछि यादव फरार थिए ।

अदालतले यादवलाई १ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयन गर्न अदालतको निर्देशनअनुसार खोजबिन गर्ने क्रममा झण्डै ८ वर्षपछि उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १२ : ३६ बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ