स्वास्थ्य मापदण्ड पालना गर्दै पूजा | Khabarhub Khabarhub

स्वास्थ्य मापदण्ड पालना गर्दै पूजा


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं १ नागपोखरी र कीर्तिपुर नगरपालिकाको ६ नं वडामा रहेका टौदहमा स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।

नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो । नित्य पूजा सकिएपछि कोरोना जोखिमका कारण पोखरी बन्द गरिएको नक्साल युवा क्लबका सदस्य रोशन श्रेष्ठले जानकारी दिए। कोरोना जोखिम हुनुअघि श्रावण शुक्ल चौथीदेखि षष्ठीसम्म तीन दिन मेला लाग्ने गरेकामा कोरोनाबाट बच्न बिहान नित्य पूजा गरेर बन्द गरिएको हो ।

पोखरी बन्द गरेपछि पनि भक्तजनले बाहिरबाटै दर्शन गर्नेक्रम भने जारी छ । यसैगरी कर्कोटक नागराजा र नागरानीको निवास रहेको टौदहमा पनि कीर्तिपुर र पाँगाका स्थानीयवासी बिहानैदेखि पूजा, आराधना गर्न भक्तजनको भीड लागेको हो । बिहान नित्यपूजापछि केहीबेर बन्द गरिएको टौदह फेरि भक्तजनका लागि खुला गरिएको स्थानीय उपेन्द्र नेपालले जानकारी दिए ।

टौदहमा परम्परादेखि नै जल यज्ञ विधिबाट सबै नाग नागिनीको पूजा, आराधना हुने गरेकामा विसं २०७० पछि बन्द भएको थियो । विसं २०७२ मा एकपटक यो विधिबाट पूजाआजा गरिए पनि अबको पुस्ताले बिर्सने खतरा बढेको उनले बताए ।

टौदहको व्यवस्थापन कर्कोटक नागराजा नागरानी व्यवस्थापन समाजले गर्दै आएको छ । विगतवर्षमा जस्तो भक्तजन टौदहमा नआएको समाजका अध्यक्ष जयराम कार्कीले जानकारी दिए । आएका भक्तजनलाई भने पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १ : ०८ बजे

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या

टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक

काठमाडौं- सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौं – हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय