रेकीले मानिसको जीवन परिवर्तन गरिदिन्छ | Khabarhub Khabarhub

रेकीले मानिसको जीवन परिवर्तन गरिदिन्छ



खबरहब संवादमा हामीले यस पटक परम्परागत जापानी उपचार पद्धति ‘रेकी’ को विषयमा कुरा गरेका छौँ । धेरै जनाका लागि ‘रेकी’ अनौठो विषय पनि लाग्न सक्छ । यसकारण पनि हामीले यो विषय रोजेका हौँ ।

रेकी के हो, रेकीबाट कसरी उपचार हुन्छ, रेकीले मानिसको जीवनमा कसरी परिवर्तन ल्याउँछ भन्ने जिज्ञासाहरूको सेरोफेरोमा खबरहबका लागि कविता श्रेष्ठले रेकी  ग्राण्ड मास्टर ऐश्वर्या बस्नेतसँग गरेको संवाद पाठकहरूसामु संक्षेपमा प्रस्तुत गरिएको छ ।

रेकी भनेको के हो, बुझाइदिनुहोस् न !

‘रेकी’ शब्द चाहिँ जापानी हो । यसमा ‘रे’ भनेको युनिभर्सल (ब्रह्माण्डीय) र ‘की’ लाइफ एनर्जी (जीवनको शक्ति) हो । यसलाई राम्रोसँग परिभाषित गर्दा ‘युनिभर्सल लाइफ फस्ट एनर्जी’ भन्ने हुन्छ । ‘लाइफ फस्ट एनर्जी’ ले हामीलाई जीवन दिइरहेको छ । त्यही एनर्जी नै रेकी एनर्जी हो ।

युनिभर्सल भनेको चाहिँ युनिभर्सबाट आएको अर्थात् युनिभर्समा भएको प्रोपर्टीसँग एनर्जी छ जसद्वारा हामी जीवित छौँ । उदाहरणको लागि घाम, घाम बिना हामीले जीवनको कल्पना गर्न सक्दैनौँ । सूर्यको जुन शक्ति छ, त्यो युनिभर्समै छ । विभिन्न ग्रहहरू युनिभर्समै छन् ।

समयअनुसार ज्योतिषीहरूले प्लानेटको गणना गरेर नै मानिसको जन्म र पूर्ण जीवनको बारेमा लेख्छन् । हाम्रो जीवन पूरा युनिभर्ससँग सम्बन्धित छ । रेकी पनि त्यस्तै हो । रेकी युनिभर्ससँग सम्बन्धित पोजेटिभ एनर्जी हो जसले हामीलाई नयाँ जीवनको निम्ति जीवन दिन्छ ।

रेकीले पृथ्वीमा रहेका हरेक जीवजन्तु र हाम्रो शरीरका हरेक अङ्गलाई नयाँ जीवन दिन सक्छ । रेकी हरेक विरुवाको लागि पनि हो । हामी जीवित छौँ, अरू सजीवहरू अरूलाई जीवन दिएर बसेका छन् ।

रेकीमा तपाईं पहिलेदेखि नै संलग्न हुनुहुन्थ्यो कि रेकी बुझेर मात्र संलग्न हुनुभयो ?

पहिला म रेकीमा थिइनँ । मसँग विभिन्न किसिमको शक्ति जन्मजात नै थियो । जन्मजात नै भए पनि त्यो शक्ति बुझेको थिइनँ । बिहेअघि रेकीबारे बुझेको थिइनँ ।

म डिप्रेसनमा गएँ, डिप्रेसनको लास्ट स्टेजमा पुगिसकेको थिएँ । त्यो समयमा डाक्टरले ‘अब एक महिनामा तिमीलाई पाटनको ढोका खुला हुन्छ’ भनेको थियो ।

मैले त्यो कुरा बुझिनँ । मलाई पाटनमा ‘पागल खाना छ’ भन्ने कुराको ज्ञान थिएन । म एकदमै प्रताडित थिएँ । अनि घरमा आएर पाटन ढोकाको कुरा गर्दा ‘तिमी पागल हुने स्थितिमा छौ’ भने ।

त्यो बेला मलाई कसैले एकदमै मिठो, राम्रो कुरा गर्दा डेढ घण्टासम्म बेहोस नै हुन्थेँ । ‘ओहो उसले राम्रोसँग बोल्यो, उसले मसँग मिठो कुरा गर्‍यो, मलाई माया गर्‍यो’ भन्ने अनुभव हुनासाथ म बेहोस हुन्थेँ ।

त्यसपछि म मेडिटेसनमा लागेँ । निखिलेश्वरानन्द गुरुदेव र गुरु गोरखनाथको ‘गोरख निखिल सिद्धाश्रम’ नामको आश्रम छ । मैले त्यो आश्रमको एउटा किताब भेटेँ । त्यो किताबमा ‘मनस्थिति बिग्रिएकोलाई पनि निको बनाइन्छ’ भन्ने लेखिएको थियो ।

त्यही किताबको आधारमा म त्यहाँ गएको थिएँ । उहाँले मलाई ११ दिनमा निको बनाउनुभयो । म पागल हुन्छु भन्ने लागिरहेको अवस्थामा त्यो ठाउँमा म ११ दिनमा स्वस्थ भएर पहिलेकै अवस्थामा फर्किएँ ।

ए, राम्रो भएछ, यसपछि के भयो त ?

एउटा ‘गोरख निखिल बारे’ भन्ने एउटा किताब किनेको थिएँ । त्यसमा मनकामना मन्दिरको फोटो थियो । मैले भगवानको किताब भनेर किनेको थिएँ । त्यहाँ जाँदा ढकालदाइ हुनुहुन्थ्यो, उहाँले नै आश्रम चलाउनुभएको थियो । उहाँ ध्यान सिकाउने विभिन्न साधना दिने गर्नुहुन्थ्यो । अहिले उहाँ हुनुहुन्न । उहाँ नै मेरो प्रथम ध्यानाचार्य हो ।

डिप्रेसनबाट बाहिर आउनलाई मेडिटेसन (ध्यान) नै चाहिने हुनाले म मेडिटेसनमा गएँ । मेडिटेसन दिने क्रममा उहाँले लेभल वान, लेभल टु सँगै रेकी फस्ट, रेकी सेकेन्ड पनि दिनुभयो । उहाँ रेकी मास्टर हुनुहुन्थ्यो तर उहाँले मलाई रेकीको व्याख्या गर्नुभएन ।

रेकी गर्दै जाँदा म समाधि स्तरमा पुगेँ । समाधि जाने बेलामा म आफ्नो शरीरबाट बाहिर निस्कन सक्षम भइसकेको थिएँ ।

समाधिमा पुगेपछि के फाइदा हुँदो रहेछ ?

मलाई युरिन इन्फेक्सन भयो । योग नगरेको हुनाले युरिन इन्फेक्सन भएको थियो । इन्फेक्सन भएपछि म डा. डिला बस्नेत कहाँ स्वास्थ्य परीक्षण गर्न गएँ । उहाँले दिएको औषधिले मेरो युट्रेसमा घाउ भयो ।

त्यसपछि म डा. सुभद्राकोमा पुगेँ । उहाँले हरेक महिना एन्टिबायोटिक खानुपर्ने अनि ४० वर्ष पुगेपछि अप्रेसन गर्नुपर्छ भन्नुभयो । मैले तीन महिना एन्टिबायोटिक र अरु औषधिहरू खाएँ ।

मैले दाइलाई आफ्नो सबै कुरा बताएँ । दाइले ‘तपाईंले रेकी सेकेन्ड गरिसक्नुभयो, आफ्नो फिलिङ गर्नुस्, एक्काइस दिनदेखि एक महिनाभित्रमा तपाईंको घाउ निको हुन्छ’ भन्नुभयो ।

मैले पत्याइनँ तैपनि उहाँको कुरा मानेँ । उहाँले गर्दा नै म डिप्रेसनबाट निस्केर म समाधि लेभलसम्म पुगेको थिएँ । त्यसपछि मैले ३० सेकेन्डको ‘सेल्फ फिलिङ’ गर्न थालेँ । नभन्दै एक महिनामा निको भयो ।

एक महिनाको रेगुलर चेकअपमा डा. सुभद्रा पनि छक्क पर्नुभयो । म आफैँ पनि सरप्राइज थिएँ । घर आएपछि म सोचमा परेँ, यो त डाक्टरसँग पनि नभएको मेडिसिन रहेछ ।

अनि उपचार केन्द्र खोल्ने निर्णयमा कसरी पुग्नु भयो त ?

अनि किन सबैको लागि नगरूँ त भनेर मैले रेगुलर प्राक्टिस गरेँ । प्राक्टिस गर्दागर्दै २०६८ मा पहिलो रेकी सेन्टर ध्यान धाना रेकी उपचार केन्द्र खोलेँ । यहाँ आएका मान्छे निको भएर घर फर्किन्थे । त्यसपछि मैले रिसर्च गर्न थालेँ । मैले सेन्टर खोलेको १५ दिनमा जयानाचार्यले मलाई ‘रेकी थर्ड’ दिन्छु भन्नुभएको थियो । उहाँ रसियामा हुनुहुन्थ्यो तर दुःखको कुरा, उहाँ उतै बित्नुभयो ।

त्यसपछि मैले अर्को गुरु खोजेँ । मैले ढकाल दाजुको साथी लामा गुरु नवाङ छिरिङ लामालाई भेटेँ । उहाँले मेरो एनर्जी चेक गर्नुभयो । रेकी मात्र नभएर मसँग विभिन्न किसिमको मेडिटेसन एनर्जी भएकाले उहाँ मलाई रेकी दिन सहमत हुनुभयो । अनि रेकी ए दिनुभयो । रेकी ए दिएको झन्डै तीन चार महिनापछि उहाँ युएस जानुपर्ने भयो । जाने बेलामा रेकी बी दिनुभयो । त्यतिबेला मेरो इनर्जी लेभल हाइ थियो । इनर्जी लेबल धेरै भएको बेलामा नै मैले धेरै रोगीलाई निको बनाइसकेको थिएँ । अनि थर्ड बी मास्टर्स दिनुभयो ।

रेकीले रोगको उपचार बाहेक अरू के काम गर्छ ?

रेकीले रोग निको बनाउने मात्रै होइन । तपाईंको घरपरिवारमा सम्बन्ध राम्रो बनाउँछ । रेकीले तपाईंको अर्निङ सेभ गरिदिन्छ । अर्निङ छैन भने अर्निङ पनि बनाइदिन्छ । रेकीले जीवन चेञ्ज गर्छ । कतै तपाईंको पैसा अड्किएको छ भने फिर्ता गरिदिन्छ ।

तपाईंको घरगृहस्थीमा झैझगडा छ भने त्यो मिलाइदिन्छ । श्रीमान्–श्रीमतीको झगडा मिलाइदिन्छ । एउटा केस मेरोमा आएको थियो । श्रीमती ६२ वर्षकी र श्रीमान ६७ वर्षका थिए । त्यो टाइममा पनि उनीहरू डिभोर्स गर्न चाहिरहेका थिए । मैले पहिलो रेकी अनुभव त्यहाँ प्रयोग गरेको थिएँ । सात दिनमा उनीहरू पुरानै अवस्थामा फर्किए ।

बुढा एक युवतीको पछि लागेका थिए । त्यो केटीलाई छोडेर उनी आफ्नी श्रीमतीको पछाडि आए । यसपछि उनीहरू आफ्ना छोरीज्वाइँको केस लिएर आए । छोरीलाई ज्वाइँले छोडेर जाने र अर्को केटीहरूसँग लाग्ने अवस्था रहेछ ।

मैले यही बसेर युएसको केस मिलाएँ । त्यसपछि यूकेको केस आयो । त्यसमा चाहिँ छोरी डिभोर्स गर्न चाहने, ज्वाइँ डिभोर्स गर्न नचाहने । रेकीमा के हँदोरहेछ भने एकजनाको इन्टेन्सन चाहिँ मेरो फेमिली बनोस् भन्ने हुनुपर्ने रहेछ । हजबेन्डको हुनुपर्‍यो कि वाइफको हुनुपर्‍यो । एक जना चाहिँ इच्छा हुनुपर्‍यो । दुवैजनाको इच्छा छैन भने हामी केही पनि गर्न सक्दैनौँ ।

त्यो पनि केस कम्प्लिट भयो । एउटा परिवारको मिलाएपछि मैले अरूको पनि मिलाउन सक्नेरहेछु भनेर फिल भयो । त्यो समयदेखि अहिलेसम्म आइपुग्दा चार सयभन्दा बढी परिवार मिलाइसकेको छु ।

कोरोना भाइरसको महामारी छ, यसमा पनि रेकीले काम गर्छ कि !

सत प्रतिशत निको बनाउँछु । अहिले कोरोनाको बिरामी कुन स्टेजमा छ, कोरोनाले के गरिरहेको छ, कतिको एफेक्ट गर्छ भन्ने कुरा हामीलाई थाहा हुन्छ । अहिलेको सेकेन्ड फेजमा पनि ७२ जनाको उपचार गरेँ । सबै जाति भए । ९५ प्रतिशतको फोक्सो ड्यामेज भइसकेको थियो, ५ प्रतिशतमात्र जीवन थियो ।

मेरो इन्टेन्सन चाहिँ उनीहरूलाई जीवन दिन्छु भन्ने थियो । डाक्टरले माया मारिसकेको केस मकहाँ आयो । त्यो केस निकै मेहनत गरेर निको बनाएँ । म कहाँ आएको २४ दिनसम्म गरेँ ।

रेकी उपचार कति भरपर्दो वा दीर्घकालीन हुन्छ ?

रेकीले रिबर्थ गर्न सकिन्छ भन्ने चाहिँ होइन । मैले कैयौँलाई बाँच्दैन भनेको मान्छेलाई लाइफ दिएँ । पाँच वर्ष, १० वर्ष भनेर नै दिन्छु । रेकीले चाहिँ त्यो लाइफसम्म लिन्छ । एक्स्पान्ड गर्न मिल्यो ।

मलाई पनि ३२ वर्षमा डेथ हुन्छ भनेको थियो । म त्यतिबेला कोममा गइसकेको थिएँ । म दुई दिन कोमामा गरेर तेस्रो दिन ब्याक भएँ । मेरा गुरुहरूले अर्को जीवन दिएको हो । त्यसैले म बाँचिरहेको छु ।

मैले कुनै नयाँ लाइफ दिएको होइन । त्यो एक्सपान्ड गरेको हो । उनीहरूको अर्को जन्म चाहिँ यो जन्ममा प्लस भएको लाइफ हो । त्यसले गर्दा ऊ बाँचिरहेको छ । अगाडि गइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १ : ४४ बजे

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग