कार्तिक कृष्ण त्रयोदशी : मनाइयो काग तिहार « Khabarhub

कार्तिक कृष्ण त्रयोदशी : मनाइयो काग तिहार


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजासहित मीठामीठा चीज बीज खान दिएर मनाइएको छ । 

काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भएपनि यस वर्ष तिथिको घटबढका कारण शुक्रबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म नेपालीले दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् ।
   
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष सहप्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए।
  
कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठामीठा खान दिइ खुसी पार्ने गरिएको पनि उनले बताए। लोक व्यवहारमा काग घरमा आइ कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आइ कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ ।  
   
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गासिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान दिनेक्रम आज साँझ पनि जारी रहन्छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ । 
  
कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएको आज कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर सम्मान गरिएको छ । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन नै काग तिहार पर्व मनाइने गरेकामा तिथिको घटबढका कारण यस वर्ष शुक्रबारदेखि यमपञ्चक सुरु भएकामा आज दोस्रो दिन काग तिहार पर्व पर्न गएको हो ।
 
यस अवसरमा आज कागेश्वरी मनोहरा नगरापलिका–१ स्थित कागेश्वरी मन्दिर, पशुपति क्षेत्र र वसन्तपुर दरबार क्षेत्रमा रहेका कागेश्वरी मन्दिरमा पनि बिहानै पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो बढेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ७ : ०६ बजे

कार्तिक कृष्ण त्रयोदशी : मनाइयो काग तिहार

काठमाडौँ– कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज

अदालतले न्याय दिन्छ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकताका विषयमा अदालतले

काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा

लुम्बिनीका अभिशेषले लगातार दुई बलमा लिए काठमाडौँका दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा

इरानसँग वार्ता जारी रहेको ट्रम्पको दाबी, हवाई प्रतिरक्षा उपकरण नष्ट गरेको भनाइ

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच वार्ता जारी रहेको