थप एक एम्बुलेन्स सहयोग गर्दै भ्वाइस विजेता किरण « Khabarhub

थप एक एम्बुलेन्स सहयोग गर्दै भ्वाइस विजेता किरण


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणका विजेता किरण गजमेर यतिबेला आफ्नो जन्मथलो झापामा छन् । इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको आयोजनामा आफ्नो जन्मथलोमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग गर्न त्यहाँ पुगेका किरणले थप एक एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका छन् ।

इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाद्वारा तय भएका विभिन्न कार्यक्रमका लागि पूर्व पुगेका उनले भुटानी शिविर पथरीमा रहेका अशक्त र वृद्धवृद्धाहरुलाई जनही ५ हजारका दरले भत्ता दिएका थिए । संस्थाका रुद्र बानियाँले हरेक महिना आजिवन भत्ता उपलब्ध गराउने जानकारी दिए ।

त्यस्तै झापाको बेलडाँगीमा रहेको शरणार्थी शिविरमा पनि किरण पुगेका थिए । त्यहाँ संस्थाले वृद्दाश्रम निर्माण गरेको छ । उनले वृद्धाश्रमका लागि अर्को एउटा एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका हुन् ।

अब उनले इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको सहकार्यमा पश्चिममा १ र पुर्व पथरी र झापामा गरी २ एम्बुलेन्स प्रदान गर्ने छन् । पूर्व यात्रामा किरणले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग पनि भेट गरेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ४ : १५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल