कायममुकायम प्रधानसेनापति शर्मा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता « Khabarhub

कायममुकायम प्रधानसेनापति शर्मा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा उनीहरुबीच भएको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनीहरुबीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई सुमधुर र प्रगाढ तुल्याउन थप योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा तीनवर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशका लागि एक महिना बिदामा बसेपछि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी शर्माले पाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा रथी शर्मालाई यसअघि नै नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ६ : १३ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै