आफन्तलाई विदाइ गर्न विमानस्थल जान बन्देज « Khabarhub

आफन्तलाई विदाइ गर्न विमानस्थल जान बन्देज


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कारोना महामारीलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तलाई बिदाइ गर्न जान नपाइने भएको छ।

नागरिक उड्डयन प्राधिकरणले कोभिड–१९ को जोखिम उच्च रहेकाले विमानस्थल परिसरमा आफन्तलाई बिदाका लागि जान रोक लगाएको हो ।

प्राधिकरणले शुक्रबार विज्ञप्‍ति जारी गरी विमानस्थलमा आवतजावत गर्दा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोगलाई उच्च प्राथमिकतामा राख्‍न समेत अनुरोध गरेको छ।

यात्रुले टर्मिनलभित्र तापक्रम परीक्षण गरेर मात्र प्रवेश गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै लाइन लाग्दा भिडभाड नगरी सामाजिक दूरी कायम गरी तोकिएको मार्किङ गरिएको ठाउँमा मात्र उभिनुपर्ने प्राधिकरणले जनाएको छ ।

यस्तो छ विज्ञप्ति 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ०१ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ