कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा « Khabarhub

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामा दिएका छन् ।

महाधिवेशनको मिति समेत घोषणा भइसकेको अवस्थामा २२ जना केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएको केन्द्रीय सदस्य कल्याण गुरुङले पुष्टि गरे ।

सबै तहका सभापतिहरुलाई महाधिवेशनमा उम्मेदवार हुनका लागि बुथबाट निर्वाचित हुनुपर्ने व्यवस्था हटाउन माग गर्दै राजीनामा दिएका केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।

उनले अरु केन्द्रीय सदस्यहरुलाई बुथबाट निर्वाचित हुननपर्ने व्यवस्था रहेको भएपनि आमन्त्रीत केन्द्रीय सदस्यहरुलाई विभेद गरिएकाले राजीनामा दिएको उनले बताए ।

उनले भने,‘निर्वाचित केन्द्रीय सदस्यहरु जस्तै सबै जिल्ला सभापतिसहित हामीलाई पनि अधिकार दिन माग गर्दै राजीनामा दिएका हौं ।’

कांग्रेस केन्द्रीय समितिको बैठक अहिले पनि जारी छ । कांग्रेसको विधानअनुसार आमन्त्रित केन्द्रीय सदस्यहरुलाई मतदानको अधिकार दिइएको छैन । त्यस्तै उनीहरु समेत बुथबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : ०१ बजे

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान