टेलिकमको एफटीटीएच सेवा ५४ जिल्लाका १ लाख ७२ हजार बढी ग्राहकलाई वितरण | Khabarhub Khabarhub

टेलिकमको एफटीटीएच सेवा ५४ जिल्लाका १ लाख ७२ हजार बढी ग्राहकलाई वितरण


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल टेलिकमको एफटीटीएच (फाइबर टु द होम) सेवा प्रयोग गर्ने ग्रहकको संख्या एक लाख ७२ नाघेको छ।

टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच सेवा साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कूल एक लाख ७२ हजारभन्दा बढी ग्राहकलाई वितरण गरिसकेको जानकारी दिएको हो।

टेलिकमका अनुसार २०७५ सालमा एक हजार ७३८ ग्राहकलाई मात्र यो सेवा उपलब्ध गराइएको थियो। २०७६ मा ३० हजार ८७९ र २०७७ मा एक लाख सात हजार ७०१ ग्राहकलाई यो सेवा उपलब्ध भएको थियो। यसैगरी २०७८ वैशाख, जेठ, असार र साउनको २८ गतेसम्म करिब चार महिनामा ६४ हजार २९९ नयाँ लाइन वितरण गरिएको टेलिकमले जनाएको छ।

टेलिकमले एफटीटीएच सेवाअन्तर्गत मुख्यतः भ्वाइस र डेटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत वर्ष पुस १७ देखि एनटी टीभी ब्रान्डमा आईपी टीभी सेवासमेत उपलब्ध गराइरहेको छ।

प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टीभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।

मूलतः उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गराएको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भएपश्चात् ‘ट्रिपल प्ले’को अवधारणा कार्यान्वयन भएको जनाएको छ। यस आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको छ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ५४ बजे

पूर्वाधारको अभावले कोरला नाका सञ्चालनमा समस्या

कोरला– गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन

दक्षिण अफ्रिकी खेलाडीले आईपीएलका बाँकी खेल नखेल्ने

काठमाडौं – टेस्ट विश्व च्याम्पियनसिपको तयारी गर्नुपर्ने भएका कारण दक्षिण

चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

राज्य व्यवस्था समितिमा कर्मचारी विधेयकमाथि छलफल हुने

काठमाडौं – संघीय संसद्को एक समितिको बैठक बस्दै छ ।