बंगलादेशमा हिन्दुहरूमाथि भएको आक्रमणको विश्व हिन्दू महासंघद्वारा निन्दा « Khabarhub

बंगलादेशमा हिन्दुहरूमाथि भएको आक्रमणको विश्व हिन्दू महासंघद्वारा निन्दा


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा हिन्दूहरुमाथि भएको आक्रमणको हिन्दू समुदायहरुले निन्दा गरेका छन् ।

बंगलादेशको खुलाना जिल्ला शियली मालिकपारा भन्ने गाउँमा हिन्दु अल्पसंख्यकका ५६ घर, १० मन्दिर र मूर्ति तोडफोड एवं लुटपाट भएपछि हिन्दु समुदायले विरोध प्रदर्शन गरेका हुन् ।

शनिबार भजनकीर्तन गरिरहेका हिन्दु समुदायमाथि स्थानीय मुस्लिम अतिवादी समूहले आक्रमण गरेको थियो । निरन्तर हिन्दु समुदायमाथि आक्रमण, मठमन्दिरमा समेत लुटपाट र तोडफोड हुन थालेपछि विश्व हिन्दु महासंघ बंगलादेश च्याप्टरले शुक्रबार प्रधानमन्त्री शेख हसिनालाई ज्ञापन पत्र पठाएको छ ।

ज्ञापनपत्रमा हिन्दुहरुमाथि भइरहेको श्रृंखलाबद्ध आक्रमण तथा ज्यादति रोक्न र उनीहरुको सुरक्षा गर्न माग गरिएको छ । हिन्दु अल्पसंख्यक नागरिकमाथि साम्प्रदायिक हिंसा भइरहेको भन्दै ध्यानाकर्षण गराइएको छ ।

बंगलादेश शाखाका महासचिव दीपन मित्रद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा पछिल्लो आक्रमणपछि बंगलादेशमा हिन्दु समुदायले असुरक्षित र सहयोगविहीन अवस्थाको अनुभूति गरेको उल्लेख गरिएको छ ।

उनीहरुले दोषीमाथि कडा कारबाहीको माग राख्दै प्रधानमन्त्री हसिना समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजिबुर रहमानले देखाएको समावेशी एवं धार्मिक अधिकारसहित सबैको साझा मुलुक बनाउने सपनालाई उनकी छोरीको नेतृत्वमा भएको वर्तमान सरकारले साकार गर्नुपर्ने पनि महासचित्र मित्रले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

हिन्दु समुदायमाथि भएको आक्रमण घटनाको विरोध गर्दै विहीबार खुलना पिक्चर प्यालेसमा समेत उनीहरुले प्रदर्शन गरेका थिए ।

विश्व हिन्दु महासंघ बंगलादेश शाखा, जातीयो हिन्दु महाजोते, बंगलादेश हिन्दु परिषद्, शिबशक्ति लगायत स्थानीय हिन्दु संघसंस्थाका प्रतिनिधि विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

स्थानीय अतिवादी मुस्लिम समूहले हरि मन्दिर, दुर्गा मन्दिर, गोविन्द मन्दिर र भित्रका मुर्तिहरु तोडफोड गरेको जनाइएको छ । यसैगरी शियाली महास्मशान मन्दिरमा कीर्तन भजन चलिरहेका बेला आक्रमण भएको थियो ।

यस्ताे छ पत्र 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १० : २३ बजे

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

तनहुँ– आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई

पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 

काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्

शेखरको प्रश्न : लुटिएका हतियार, भागेका कैदी बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी