पिटाइ खान चाहने कवि लर्ड बायरन « Khabarhub

पिटाइ खान चाहने कवि लर्ड बायरन


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्कुल छुट्टी भयो । एक बालक आफ्नो काँधमा वस्ता झुण्डाएर बाहिर निस्कियो तब उसले हृष्टपुष्ट युवाले एउटा दुब्लो पातलो मानिसलाई बेतले पिटिरहेको देख्यो ।

उसले मधुर शब्दमा त्यो युवकसँग सोध्योदाई तपाईंले यो केटालाई यसरी बेतको लठ्ठले किन कुट्नुभएको ?

युवकले उसलाई भिड्दै भन्योयसमा तिमीलाई के मतलब ?

त्यो बालकले बिस्तारै भन्योम यति शक्तिशाली छैन कि यो बालकको पक्षमा तपाईंसँग लड्न सकूँ । तर म यति अवश्य गर्न सक्छु कि यसको पिटाइमा म भागीदार बनौँ ।

भनाइको मतलब ?

मेरो मतलब हो कि तपाईं यो केटालाई जति पिट्न चाहनुहुन्छ, त्यसको आधा मेरो ढाडमा पिट्नुस् ।

युवकले त्यो साहसी बालकलाई आश्चर्य मान्दै हेरे । उनलाई आफैसँग लाज लाग्यो कि उनले यो दुब्लो केटालाई नराम्रोसँगले पिटिरहेका थिए र यो एउटा केटा उसको बदलामा आफू पिटाइ खान तयार छ । उनले तत्कालै त्यो बेतको लठ्ठी भाँचेर फालिदिए ।

बचाउने त्यो बालकपछि गएर अँग्रेजीका सुप्रसिद्ध कवि लर्ड बायरनको नामले प्रसिद्ध भए ।

साभार  : प्रेरक प्रसङ्हरु पुस्तकबाट

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : १० बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको