यमनमा हवाई आक्रमण, कम्तीमा २० हुथी विद्रोहीको मृत्यु « Khabarhub

यमनमा हवाई आक्रमण, कम्तीमा २० हुथी विद्रोहीको मृत्यु


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साउदी नेतृत्वले हुथी विद्रोहीलाई लक्षित गरी गरेको हवाई हमलामा कम्तीमा २० हुथी लडाकू मारिएका छन् ।

यमनको मारिब प्रान्तमा गरिएको उक्त हमलामा २० बिद्रोही मारिएको सरकारी सैनिक स्रोतले आइतबार जनाएको छ ।

राहबा जिल्लामा अग्रमोर्चामा लडिरहेका सैनिक अधिकारीले नाम गोप्य राख्ने शर्तमा सिन्ह्वासँग भने, हवाई हमलाले शनिबार साँझ राहाबा जिल्लामा हुथी लडाकूको अग्रदस्तालाई निशाना बनाएको र चारवटा पिकअप गाडीमा रहेका २० भन्दा बढी लडाकूको मृत्यु भएको छ ।

यसैबीच, हुथीद्वारा सञ्चालित अलमसिरा टिभीले शनिबार मारिबको पश्चिमी जिल्ला राहाबा, जबल मुराद र सिर्वाहका अग्रपङ्क्तिमा १७ हवाई हमला भएको जनाएको छ तर आक्रमणबाट के कति क्षति भएको थियो भन्ने बिषयमा विवरण दिएको छैन ।

गत हप्ता सरकारी फौजसँगको उत्तेजक लडाइँपछि हुथी विद्रोहीहरू राहाबा जिल्लाको मध्य शहर अलकुलामा प्रवेश गरेका थिए ।

इरान समर्थित हुथी सैन्य लडाकू दस्ताले फेब्रुअरीमा साउदी नेतृत्वको समर्थन रहेको यमनी सरकारको तेल सम्पन्न अन्तिम उत्तरी गढलाई प्रान्तको नियन्त्रणमा पार्ने प्रयासमा मारिबमा ठूलो आक्रमण गरी यस क्षेत्रलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ६ : ०५ बजे

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट