यमनमा हवाई आक्रमण, कम्तीमा २० हुथी विद्रोहीको मृत्यु « Khabarhub

यमनमा हवाई आक्रमण, कम्तीमा २० हुथी विद्रोहीको मृत्यु


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साउदी नेतृत्वले हुथी विद्रोहीलाई लक्षित गरी गरेको हवाई हमलामा कम्तीमा २० हुथी लडाकू मारिएका छन् ।

यमनको मारिब प्रान्तमा गरिएको उक्त हमलामा २० बिद्रोही मारिएको सरकारी सैनिक स्रोतले आइतबार जनाएको छ ।

राहबा जिल्लामा अग्रमोर्चामा लडिरहेका सैनिक अधिकारीले नाम गोप्य राख्ने शर्तमा सिन्ह्वासँग भने, “हवाई हमलाले शनिबार साँझ राहाबा जिल्लामा हुथी लडाकूको अग्रदस्तालाई निशाना बनाएको र चारवटा पिकअप गाडीमा रहेका २० भन्दा बढी लडाकूको मृत्यु भएको छ ।”

यसैबीच, हुथीद्वारा सञ्चालित अल–मसिरा टिभीले शनिबार मारिबको पश्चिमी जिल्ला राहाबा, जबल मुराद र सिर्वाहका अग्रपङ्क्तिमा १७ हवाई हमला भएको जनाएको छ तर आक्रमणबाट के कति क्षति भएको थियो भन्ने बिषयमा विवरण दिएको छैन ।

गत हप्ता सरकारी फौजसँगको उत्तेजक लडाइँपछि हुथी विद्रोहीहरू राहाबा जिल्लाको मध्य शहर अल–कुलामा प्रवेश गरेका थिए ।

इरान समर्थित हुथी सैन्य लडाकू दस्ताले फेब्रुअरीमा साउदी नेतृत्वको समर्थन रहेको यमनी सरकारको तेल सम्पन्न अन्तिम उत्तरी गढलाई प्रान्तको नियन्त्रणमा पार्ने प्रयासमा मारिबमा ठूलो आक्रमण गरी यस क्षेत्रलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ६ : ०५ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा