अफगानिस्तानलाई सहयोग गर्न दातृ राष्ट्रहरुको सम्मेलन, ६० करोड डलर जुटाइने « Khabarhub

अफगानिस्तानलाई सहयोग गर्न दातृ राष्ट्रहरुको सम्मेलन, ६० करोड डलर जुटाइने


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- द्वन्द्वका कारण आर्थिक संकटमा परेको अफगानिस्तानलाई सहयोग प्रदान गर्ने उद्देश्यले राष्टसंघले आज सहायता सम्मेलन गर्दैछ ।

राष्ट्रसंघले विभिन्न दातृ राष्ट्रहरुबाट अफगानिस्तानमा तत्काल ६० करोड डलर जुटाउने लक्ष्य राखेको छ । तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ मानवीय संकट उत्पन्न भएको छ ।

गत महिना तालिवानले सत्ता कब्जा गर्नुअघि १ करोड ८० लाख अफगानी वैदेशिक सहयोगमा निर्भर थिए । खडेरी, खाद्यन्न तथा पर्याप्त रकमको अभावका कारण वैदेशिक सहयोगमा निर्भर हुने अफगानीको संख्या अझै बढी हुन सक्ने राष्ट्रसंघको अनुमान छ ।

पश्चिमा मुलुकको सहयोगमा स्थापित अफगान सरकार ढलेसँगै दातृ राष्ट्रले अफगानिस्तानबाट सहयोगको हात झिकेका छन्, जसका कारण राष्ट्रसंघ दबाबमा छ ।

राष्ट्रसंघका महासचिब एन्टोनियो गुटरेसले अफगानिस्तानमा आर्थिक सहयोग जुटाउन राष्ट्रसंघले प्रयास गरिरहेको बताएका छन् ।

दातृ राष्ट्रहरुको सम्मेलनमा महासचिव गुटरेस, रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रमुख पिटर माउरेर र एक दर्जनभन्दा बढी देशका सरकारका प्रतिनिधि सहभागी हुँदैछन् । सम्मेलनमा जर्मन विदेशमन्त्री हेइको मास पनि उपस्थित हुनेछन् ।

राष्ट्रसंघले दातृ राष्ट्रबाट जुटाउने रकममध्ये एक तिहाई रकम विश्व खाद्य कार्यक्रमले प्रयोग गर्नेछ । एक सर्बेक्षणअनुसार ९३ प्रतिशत अफगानी पर्याप्त खानाबाट बञ्चित छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : ४२ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल