कांग्रेस पौडेल समूहको बैठक आज, वडा अधिवेशनको विवादमा छलफल गर्ने « Khabarhub

कांग्रेस पौडेल समूहको बैठक आज, वडा अधिवेशनको विवादमा छलफल गर्ने


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको पौडेल समूहको बैठक आज बस्दैछ ।

दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको वडा अधिवेशनमा देखिएको विवाद तथा ठाउँठाउँमा भएको क्रियाशील सदस्यता विवादबारे छलफल गर्ने तयारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा जबरजस्ती वडा अधिवेशन गराइएको तथा २० जिल्लामा भएको क्रियाशील सदस्यता विवाद समाधान नगरिएको भन्दै पौडेल समूह छलफलमा बस्न लागेको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए ।

क्रियाशील सदस्यता विवादका कारण १८ भदौ मा गर्ने भनिएको वडा अधिवेशन असोजसम्म सारिएको छ । ५६ जिल्लामा मात्रै वडा अधिवेशन भएको छ ।

डडेलधुरामा विवादकैबीच प्रहरी, प्रशासन लगाएर वडा अधिवेशन गरिएको भन्दै पौडेल पक्षले विरोध जनाएको थियो । महाधिवेशन निष्पक्ष हुनेमा शंका व्यक्त गर्दै आएको पौडेल पक्षले देउवालाई भेटेरै प्रहरी र प्रशासनको दुरुपयोग नगर्न ध्यानाकर्षणसमेत गराएको थियो ।

अधिवेशनमा भएको विवाद र क्रियाशीलता विवाद नहुँदा महाधिवेशनको मूल मितिमै प्रभाव पार्न सक्ने भएकाले तत्काल समस्या समाधान गर्न पौडेल समूहले सभापति देउबालाई दबाब दिने तयारी गरेको छ ।

कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : ५९ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण