उत्तर कोरियाद्वार 'क्रुज' मिसाइल परीक्षण, छिमेकी मुलुकलाई खतरा भएको अमेरिकाको टिप्पणी | Khabarhub Khabarhub

उत्तर कोरियाद्वार ‘क्रुज’ मिसाइल परीक्षण, छिमेकी मुलुकलाई खतरा भएको अमेरिकाको टिप्पणी


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- उत्तर कोरियाले लामो दूरीसम्म मार हान्न सक्ने मिसाईल परीक्षण गरेको छ ।

प्योङयाङले लामो दूरीको क्रुज मिसइल परीक्षण गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तरका आणविक कार्यक्रमलाई लिएर प्योङयाङ र वासिंगटनबीच तनाब बढिरहेका बेला उसले पुनः आणविक होड देखाएको हो ।

उत्तर कोरियाको पछिल्लो परीक्षणले छिमेकी मुलुक र वरपरका अन्य क्षेत्रमा खतरा निम्त्याएको अमेरिकाले टिप्पणी गरेको छ ।

‘उत्तरको पछिल्लो गतिविधिले उसले आफ्नो सैन्य कार्यक्रमलाई निरन्तर विकास गरेको र छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायलाई खतरा निम्त्याएको देखिन्छ,’ अमेरिकी हिन्द–प्रशान्त कमाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मिसाइल परीक्षण सफल भएको र यसले उत्तरलाई शत्रुबिरुद्ध लड्ने अर्को प्रभावकारी कवच प्रदान गरेको प्योङयाङको दाबी छ । मिसाइल परीक्षणलाई उत्तर कोरियाले ‘ठूलो महत्व राख्ने रणनीतिक हतियार’ भनेको छ ।

विज्ञहरुका अनुसार उत्तरको पछिल्लो परीक्षणले उसको आणविक हतियार प्रविधिमा थप प्रगति भएको देखाउछ । उत्तरको मिसालइलले दक्षिण कोरिया र जापानको प्रतिरक्षा प्रणाली छिचोल्न सक्ने उनीहरुको अनुमान छ ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार प्योङयाङले शनिबार र आईतबार सो परीक्षण गरेको थियो । सो मिसाईल १५ सय किलोमिटर दूरी पार गरी उत्तर र दक्षिणको सीमानजिकको खसेको थियो ।

उत्तरका प्रतिबन्धलाई लिएर प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाउदै आएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ९ : १६ बजे

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको

हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी

काठमाडौं- तिहारको भाइटीकाको अवसर पारेर आजबाट चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज

सिँचाइ तथा पहिरो नियन्त्रणका लागि १५ करोडका योजना सञ्चालन

दमौली (तनहुँ)- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ

भोजपुरमा फूल उत्पादन घट्यो, माग उच्च

भोजपुर- यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको

झिनियाँको माग बढ्दो, व्यवसायीलाई उत्पादन गर्न भ्याइनभ्याई

रामपुर (पाल्पा)- यसपटक तिहारमा मागअनुसार झिनियाँ पुर्‍याउन नसकिएको व्यवसायीले बताएका