चिनियाँ पनडुब्बी जहाज आफ्नो समुद्री इलाकामा घुसपैठ  गरेको जापानको आरोप « Khabarhub

चिनियाँ पनडुब्बी जहाज आफ्नो समुद्री इलाकामा घुसपैठ  गरेको जापानको आरोप


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  छिमेकी मुलुकहरुमा सीमा अतिक्रमणको आरोप खेप्दै आएको चीनले आफ्नो समुद्री इलामा पनडुब्बी जहाज घुसपैठ गराएको जापानले आरोप लगाएको छ ।

पूर्वी चीन सागरमा रहेको आफ्नो टापुमा चीनले पनडुब्बी जहाज घुसपेठ गराएको जापानले आरोप लगाएको हो ।

जापानले आफ्नो टापु नजिक पनडुब्बी जहाजको निगरानीका क्रममा चिनियाँ जहाजले आफ्नो क्षेत्रमा घुसपैठ गरेको जनाएको हो ।

‘चिनियाँ जहाजहरु नियमित जापानी क्षेत्रमा गुज्रिरहेका छन् । पनडुब्बी घुसपैठ एक सामान्य घटना होइन’, जापानले भनेको छ ।

पनडुब्बी जहाजको गतिको निगरानीका लागि जापानले एक युद्धपोत र विमान पठाइएको पनि जनाएको छ । चीनले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । पूर्वी चीन सागरका केही टापुहरुमा दुई देशबीच सीमा विवाद छ ।

स्रोत : वासिङ्टन पोष्ट

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १० : २५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले