अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने « Khabarhub

अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ ।

शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने बताए । पछिल्लो नीतिले तालिबान शासनमा परिवर्तनको संकेत गरेको छ ।

छात्र र छात्राका लागि छुट्टै कक्षा सञ्चालन गर्न पर्याप्त स्रोत साधनको अभाव भएकाले पछिल्लो नीति कार्यन्वयन हुनेमा धेरैले आशंका गरेका छन् । महिलालाई शिक्षाबाट वञ्चित गर्ने प्रयासस्वरुप तालिवानले पछिल्लो कदम चालेको हुन सक्ने केहीको भनाइ छ ।

तर, शिक्षामन्त्री हक्कानीले आफूहरुसँग पर्याप्त महिला शिक्षिका भएकोले अलग पढाउन कुनै समस्या नहुने दाबी गरेका छन् । अभाव देखिएमा पुरुष शिक्षकलाई पर्दा पछाडिबाट वा अन्य प्राविधिक विकल्प रोज्न सकिने उनको भनाइ छ ।

यसैबीच, तालिवानले छात्राको पोसाकसम्बन्धी नयाँ नियम ल्याउने भएको छ । नयाँ नीति अनुसार विश्वविद्यालय र विद्यालय तहमा छात्रछात्राको अलग पोसाक हुनेछ ।

यसअघि तालिवानले आफ्नो पहिलो शासनकालमा महिला र बालिकालाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : ०१ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका