कतारका विदेशमन्त्री अफगानिस्तानमा « Khabarhub

कतारका विदेशमन्त्री अफगानिस्तानमा


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा तालिबान सरकार घोषणा भएको केही दिनपछि कतारका विदेशमन्त्री काबलु पुगेका छन् । कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानी काबुल पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

काबुलमा कतारका विदेशमन्त्रीले तालिबान सरकरका प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुन्द, पूर्वराष्ट्रपति हमिद कारजाईलगायतका नेताहरुसँग भेटवार्ता गरेको अफगानी सञ्चार माध्यमहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

कतारी विदेशमीको प्रतिनिधिमण्डल अफगानिस्तानमा तालिबानको कब्जापछि कुनै काबुल पुग्ने कुनै उच्चस्तरीय प्रतिनिधिमण्डल हो । कतारी विदेशमन्त्री र अफगानी प्रधानमन्त्रीबीच वार्तापछि एक वक्तव्यसमेत जारी गरिएको छ । बीबीसीका अनुसार कतारले अफगानिस्तानको विकासमा सहयोग गर्ने र अन्तर्राष्ट्रिय समूदायसँग पनि परामर्श गर्ने जनाएको छ ।

कतारले अमेरिका र तालिबानबीचको वार्तामा मध्यस्थता गर्दै आएको छ । तालिबानले कतारमा राजनीतिक कार्यालय स्थापना गरेर अमेरिकासँग वार्ता गरेको थियो । अफगानिस्तानमा तालिबानको कब्जापछि अफगानिस्तानबाट उद्धार गरिएका हजारौं विदेशी नागरिक हाल

कतारमा छन् । उनीहरु त्यहाँबाट आ आफ्नो मुलुक जाने छन् ।
काबुल पुग्नु अघि कतारका विदेशमन्त्रीले पाकिस्तान पनि भ्रमण गरेका थिए । अफगानिस्तान मामिलामा कतार एक महत्वपूर्ण राष्ट्र हो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : ०८ बजे

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको

प्राविधिक शिक्षाका विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण र पारिश्रमिकसहितको इन्टर्नसिप

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत प्राविधिक तथा