तत्कालीन घाँसीकुवा गाविसका सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा « Khabarhub

तत्कालीन घाँसीकुवा गाविसका सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तत्कालीन गाउँविकास समिति परिषद्को निर्णय बिना आर्थिक अनियमितता गरेको अभियोगमा तनहुँका सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

तनहुँको घाँसीकुवा गाविसमा आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा विभिन्न शीर्षकमा एक लाख ४७ हजार ३६४ बराबरको सरकारी रकम हिनामिना एवं हानिनोक्सानी गरेको जनाउँदै आयोगले आयोगको ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम मुद्दा दर्ता गरेको हो ।

तत्कालीन गाविस सचिव रामराज न्यौपानेलाई रु एक लाख ४७ हजार ३६४, तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इञ्जिनीयर सुकदेव अधिकारी र तत्कालीन जिल्ला विकास समितिका योजना अधिकृत गणेश घिमिरलाई ६३ हजार ७५०, तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इञ्जिनीयर तीर्थराज ढुङ्गाना र तत्कालीन जिल्ला विकास समितिका अधिकृत ऋषिभक्त वाग्लेलाई रु ७२ हजार २५० मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

उनका अनुसार तत्कालीन गाविस रजिष्ट्रार लेखापरीक्षक नरहरि पण्डित र श्रीभद्र खनालउपर भने आयोगले कुनै मागदाबी तोकेको छैन । दशैँ खर्चलाई गाविसको परिषद् तयारी खर्च भनी एक/एक महिनाको तलब थप लिने गरेको, परिषद्को निर्णय बिना आर्थिक सहायता दिने गरेको, सल्लाहकार नियुक्ति पछि गरी पहिल्यैदेखिको सम्झौता बनाई रकम भुक्तानी गरेको, जिन्सी खाता नरहेको, विभिन्न फोटोकपी बिल राखी खर्च लेख्ने गरेको, धेरैजसो योजनाका इस्टिमेट र कार्य सम्पन्न प्रतिवेदनमा जिम्मेवार व्यक्तिको हस्ताक्षर नभएको जनाउँदै आयोगको कार्यालयमा उजुरी परेको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : २७ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद