सामसँग ब्रिटनीको सुटुक्क इन्गेजमेन्ट « Khabarhub

सामसँग ब्रिटनीको सुटुक्क इन्गेजमेन्ट


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– अमेरिकी गायिका ब्रिटनी स्पीयर्स पुनः एकपटक आफ्नो रोमान्सलाई लिएर चर्चामा छिन् । हालैमात्र उनले सामाजिक सञ्जालमा प्रेमी साम असगरीसँग इन्गेजमेन्टको घोषणा गरेकी छन् ।

३९ वर्षीया ब्रिटनीले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनीसँग प्रेमी साम पनि उपस्थित छन् । उनले हिराको औठी लगाएकी छन् । सेमले पनि आफ्नो इन्स्टाग्राम एकाउण्टमा ब्रिटनीको हातमा औठी लगाएको तस्वीर राखेका छन् ।

ब्रिटनी र सामको भेट सन् २०१६ मा म्यूजिक भिडियो ‘स्लम्बर पार्टी’को सुटिङको समयमा भएको थियो । यो भेटपछि उनीहरु मिल्ने साथी भए र पछि उनीहरुले एकअर्कालाई प्रेमीप्रेमिकाका रुपमा चिनाए ।

ब्रिटनीको यो पहिलो विवाह होइन । उनले यसअघि र्यापर केविन फेडरलिनसँग विवाह गरिसकेकी छन् । केविनबाट उनीहरुको दुई सन्तान छन् । त्यसपछि उनीहरु दुवैले सम्बन्धविच्छेद गरे ।

त्यसपछि उनले अमेरिकी अभिनेता तथा कमेडियन जेसन अलेक्जेण्डरसँग विवाह गरिन् । उनको यो विवाह केवल ५५ घण्टामै टुटेको थियो ।

सामको कुरा गर्दा २७ वर्षका उनी इरानमा जन्मिएका हुन् । उनी इरानी मूलका अमेरिकी पर्सनल ट्रेनर हुन् सँगै अभिनेता पनि । १२ वर्षको उमेरमा उनी इरान छोडेर लसएञ्जल्स आएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : ०० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान