आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ « Khabarhub

आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


२८ भदौ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाई नगद ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । प्रहरीले ललितपुर महानगरपालिका–४ बागडोल ठेगाना भएका ४२ वर्षीय सरल रानालाई पक्राउ गरेको छ ।

सरल समेतका व्यक्तिहरुले भारत पञ्जाबस्थित मिरिएड ह्‍यूज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि भएको भन्दै कम्पनीको जोनल म्यानेजर सन्दिप थापा हुन् भन्दै उनको बैंक खातामा पैसा जम्मा गर्न लगाएको पीडितले प्रहरीमा उजुरी दिएका थिए । बैंक अफ ईन्डिया मालीगुडिको खातामा २ जना पीडितलाई नगद जम्मा गर्न लगाएका थिए ।

उक्त नगद पाएपछि उनीहरुले ग्लोभ्स प्रति बाकस ५० पिस राखी साईज, परिमाण र लेवल नभएको गुणस्तरहीन सामान पठाएको र पछि सम्पर्क गर्दा सम्पर्कविहीन भएका थिए । नगद ठगी गर्ने कार्यमा संलग्नमध्ये रानालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  १२ : ०५ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका