आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ « Khabarhub

आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाई नगद ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । प्रहरीले ललितपुर महानगरपालिका–४ बागडोल ठेगाना भएका ४२ वर्षीय सरल रानालाई पक्राउ गरेको छ ।

सरल समेतका व्यक्तिहरुले भारत पञ्जाबस्थित मिरिएड ह्‍यूज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि भएको भन्दै कम्पनीको जोनल म्यानेजर सन्दिप थापा हुन् भन्दै उनको बैंक खातामा पैसा जम्मा गर्न लगाएको पीडितले प्रहरीमा उजुरी दिएका थिए । बैंक अफ ईन्डिया मालीगुडिको खातामा २ जना पीडितलाई नगद जम्मा गर्न लगाएका थिए ।

उक्त नगद पाएपछि उनीहरुले ग्लोभ्स प्रति बाकस ५० पिस राखी साईज, परिमाण र लेवल नभएको गुणस्तरहीन सामान पठाएको र पछि सम्पर्क गर्दा सम्पर्कविहीन भएका थिए । नगद ठगी गर्ने कार्यमा संलग्नमध्ये रानालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : ०५ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल