माधव नेपाललगायत १४ सांसदबारे एमालेले दायर गरेको रिटमाथि आज सुनुवाइ भएन « Khabarhub

माधव नेपाललगायत १४ सांसदबारे एमालेले दायर गरेको रिटमाथि आज सुनुवाइ भएन


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माधवकुमार नेपालसहित १४ जना सांसदलाई दल विभाजनमा सनाखत गराएको विरोधमा नेकपा एमालेले दायर गरेको रिटमाथि सोमबार सुनुवाइ भएन । सर्वोच्च अदालतका न्यायाधीश दीपक कार्की र मीरा खड्काको सँयुक्त इजलासमा सो रिट सुनुवाइका लागि पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको हो । सोमबार सो रिटमाथि सुनुवाइ नभएपछि अर्को दिन पेशी तोकिने छ ।

तत्कालीन एमालेका सांसदहरु माधवकुमार नेपाललगायत १४ जना सांसदलाई एमालेले कारबाही गरेको थियो । तर सभामुख अग्नि सापकोटाले उनीहरु पदमुक्त भएको सूचना प्रकाशित नगर्दै उनीहरुले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए । सो निवेदन अनुसार निर्वाचन आयोगले एमालेले कारबाही गरेका माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई दर्ता गर्दै वैधता दियो ।

सोही प्रकरणमा एमालेले आफूले पार्टीबाट कारबाही गरिसकेका व्यक्तिले दल विभाजन गराएको भन्दै दल दर्ता गर्ने निर्वाचन आयोगविरुद्ध रिट दायर गरेको छ । यही प्रकरणलाई लिएर एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । यसले सभामुख अग्नि सापकोटा एमाले विभाजनको मतियार भन्दै उनको राजीनामासमेत मागेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्