काठमाडौँका विभिन्न ठाउँमा सावित्री कंचनजंगा अगरबत्तीको टोलीद्वारा मास्क वितरण | Khabarhub Khabarhub

काठमाडौँका विभिन्न ठाउँमा सावित्री कंचनजंगा अगरबत्तीको टोलीद्वारा मास्क वितरण


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सावित्री कंचनजंगा अगरबत्तीले मास्क वितरण गरेको छ ।

काठमाडौँका  बढी भीडभाड हुने क्षेत्र, तरकारी बजार, फलफ”ल बजार र फुटपाथमा निःशुल्क मास्क वितरण गरेको हो ।

कोरोना भाइरसको संक्रमण हालसम्म पनि फैलिरहेको कारणले हरेक जनमानसले मास्कको प्रयोग गर्नु आजको आवश्यकता रहेको भन्दै मास्क नलगाई हिडिँरहेका व्यक्तिहरुलाई रोकेर मास्क वितरण गर्नुको साथै सम्झाई बुझाई गरिएको थियो।

“मास्क लगाऔं, सचेत नागरिकको परिचय दिऔं भन्ने सन्देश दिन माक्स वितरण गरिएको हो”, सावित्री कंचनजंगा अगरबत्तीको बजार प्रबन्धक पुष्कर केसीले भने ।

कोरना भाइरसबारे सचेतना जगाउँदै पहिलो दिन आज एक हजार मास्क वितरण गरिएको उनले जनाए । आगामी दिनहरुमा पनि भिडभाड हुने ठाउँहरुमा निःशुल्क मास्क वितरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : ०४ बजे

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र