सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सक्ने | Khabarhub Khabarhub

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सक्ने


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैंक लिमिटेड ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सक्ने भएका छन् ।

नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रा. लि. र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि-बुकिङ्ग गर्न सक्नेगरी सम्झौता भएको हो ।

यसका साथै प्रि-बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । भदौ २० गतेबाट प्रि-बुकिङ्ग शुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च आश्विन ६ गते हुनेछ ।

प्रि-बुकिङ्ग आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्नेछन् । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेभसाइटमा लगइन गरी आवेदन दिन सकिन्छ ।

सानिमा बैँकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ३ : १४ बजे

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सिमकोट– बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा

केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका