डडेल्धुराको वडा अधिवेशन अस्वीकार्य : पौडेल समूह « Khabarhub

डडेल्धुराको वडा अधिवेशन अस्वीकार्य : पौडेल समूह


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा इतर समूहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गरिएको वडा अधिवेशन अस्वीकार्य भएको बताएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकट नेताहरुको सोमबार बसेको बैठकले डडेल्धुरामा यही भदौ २५ गते भएको वडा अधिवेशन अस्वीकार्य गर्ने निस्कर्ष निकालेको हो ।

बैठकपछि पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले बलपूर्वक प्रशासनको दूरुपयोग गरेर गरिएको वडा अधिवेशन अमान्य भएको बताए । पौडेल समूहले जारी गरेको विज्ञप्तिमा डडेल्धुरा वडा अधिवेशन बलपूर्वक गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ ।

पार्टीको जिल्ला कार्य समितिले वडा अधिवेशन नगर्ने निर्णय गरे पनि सभापति शेरबहादुर देउवाले वडा अधिवेशन गराएका थिए । जिल्ला सभापति कर्ण मल्लले जिल्लाबाट सिफारिस गरिएका क्रियाशील सदस्यको नाम काटिएको र केन्द्रबाट थपिएको भन्दै सो विवाद समाधान नभएसम्म वडा अधिवेशन नगराउने निर्णय गरेका थिए ।

वरिष्ठ नेता पौडेल समूहले सभापति देउवालाई भेटेरै वडा अधिवेशन रोक्न माग गरेको थियो । तर, प्रहरीको परिचालन गरी वडा अधिवेशन सम्पन्न गरिएको थियो । सो अधिवेशनलाई मान्यता नदिइ पुनः अधिवेशन गराउन पौडेल समूहले माग गरेको छ ।

पौडेल समूहले सुनसरीलगायतका जिल्लामा पनि प्रशासनको दुरुपयोग गरिएको भन्दै कांग्रेसको इतिहासमै यसरी प्रशासनको दुरुपयोग नभएको भन्दै लाजमर्दो भएको टिप्पणी गरेको छ । अझै २० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान नगरिएको भन्दै नेतृत्वको आलोचना गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : ५६ बजे

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो 

म्याग्दी– सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई

म्याग्दीको मुनामा पक्की नाला निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको