एमालेसँग संवाद गरेर फेरि सर्वदलीय बैठक बोलाउन सभामुखलाई दलहरुको सुझाव « Khabarhub

एमालेसँग संवाद गरेर फेरि सर्वदलीय बैठक बोलाउन सभामुखलाई दलहरुको सुझाव


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लागतार संसद् अवरोध गरेपछि सो विषयमा छलफल गर्न सोमबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक बिनानिस्कर्ष सकिएको छ ।

एमाले नै बैठकमा अनुपस्थित भएपछि कुनै निस्कर्ष नआएको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

जोसँग सम्बन्धित विषय हो उही बैठकमा नाआएपछि कुनै निस्कर्ष नआएको उनले बताइन् । उनका अनुसार दलहरुले एमालेसँग संवाद गरेर फेरि सर्वदलीय बोलाउन दलहरुले सभामुखलाई सुझाव दिएका छन् ।

दलहरुले एमालेसँग सम्वाद गर्न सुझाव दिएपछि सोमबार बिहान पनि एमाले नेताहरुसँग आफूले कुरा गरेको तर सफल नभएको सभामुख सापकोटाले बैठकमा जानकारी गराएका थिए । सोमबार बिहान सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईसँग कुरा गरेका थिए । तर, एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्तको सूचना टास गर्नुपर्ने वा राजीनामा दिनुपर्ने सर्त राखेको थियो ।

सर्वदलीय बैठकमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बिहान आफूले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुरा गरेको जानकारी गराएका थिए ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको छ । एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको जानकारी संसद सचिवालयमा भदौ १ गते दिएको थियो । तर, सभामुख सापकोटाले सो विषयमा अध्ययन भइरहेको भनिरहँदा भदौ ९ मा माधवकुमार नेपालको अगुवाइमा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी)ले वैधता पाएको थियो ।
यही विषयलाई लिएर एमालेले सर्वोच्चमासमेत रिट दायर गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : १४ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक