कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता « Khabarhub

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग करिब चार अर्ब १० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।

सार्वजनिक खर्चको अनुगमन गर्ने सरकारी निकाय स्टेट अडिट ब्युरोले सोमबार जानकारी दिँदै बौब्यान टापुमा निर्माणाधीन मुबारक अल–कबीर बन्दरगाह परियोजना पूरा गर्न इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) सम्झौताअन्तर्गत करिब एक अर्ब २८ करोड कुवेती दिनार अर्थात् चार अर्ब १६ करोड ४० लाख अमेरिकी डलर खर्च हुने जनाएको छ ।

राज्य सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री शेख अहमद अल–अब्दुल्लाह अल–अहमद अल–सबाह बौब्यान टापुमा मुबारक अल–कबीर बन्दरगाह निर्माणका लागि इन्जिनियरिङ–आपूर्ति–निर्माण सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक समारोहमा उपस्थित भएका थिए । उनले यो परियोजना कुवेतका लागि रणनीतिक महत्त्वको रहेको उल्लेख गर्दै यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय व्यापारमा देशको उपस्थिति सुदृढ बनाउने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री अल–सबाहका अनुसार मुबारक अल–कबीर बन्दरगाह सम्पन्न भएपछि कुवेतको भूमिका विश्वव्यापी आपूर्ति शृङ्खलामा अझ मजबुत हुनेछ र देशलाई व्यापारिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ ।

कुवेतस्थित चिनियाँ कार्यवाहक प्रभारी लिउ सियाङले यो सम्झौता चीनको ‘बेल्ट एन्ड रोड’ पहलअन्तर्गत सहयोगको महत्त्वपूर्ण उदाहरण भएको बताए। उनले यस परियोजनाले कुवेत र चीनबीचको आर्थिक तथा पूर्वाधार सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

यसअघि सन् २०२३ मा कुवेतले मुबारक अल–कबीर बन्दरगाह, आवास विकास, पानी प्रशोधन तथा नवीकरणीय ऊर्जा जस्ता परियोजनाहरूमा चीनसँग सातवटा समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । ती सम्झौताले दुवै देशबीच दीर्घकालीन सहकार्यको आधार तयार पारेका थिए ।

चीनले राष्ट्रपति सी जिनपिङको नेतृत्वमा विकास गरिएको विशाल विश्वव्यापी पूर्वाधार परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ को हिस्साका रूपमा पछिल्लो दशकमा मध्यपूर्व क्षेत्रमा विशेष ध्यान केन्द्रित गर्दै आएको छ ।

 कुवेतसँग भएको यो पछिल्लो सम्झौताले उक्त पहलअन्तर्गत चीनको क्षेत्रीय संलग्नतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ६ : ३२ बजे

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास

रास्वपा महाधिवेशन : प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि