आफ्नै केटी साथीको अश्लील फोटो, भिडियो सार्वजनिक पक्राउ « Khabarhub

आफ्नै केटी साथीको अश्लील फोटो, भिडियो सार्वजनिक पक्राउ


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लील फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका–८ ठेगाना भएका काठमाडौं टोखा धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू प्रेमिकासँग विवाद परेपश्चात मोबाइल समेत खोसी उक्त अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेका जिरेल काभ्रे पाँचखालमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरी पाँचखालबाट पक्राउ गरेको हो।

उनलाई विद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : ३६ बजे

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको