नेपालमै फलामे डण्डी उत्पादनलाई प्रोत्साहन गर्ने बजेटको व्यवस्था स्वागतयोग्य | Khabarhub Khabarhub

नेपालमै फलामे डण्डी उत्पादनलाई प्रोत्साहन गर्ने बजेटको व्यवस्था स्वागतयोग्य


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल फलामे छड उत्पादन संघ (नेपाल रोलिङ्ग मिल्स एशोसिएसन)ले सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गर्नका लागि गरेको नयाँ प्रावधान स्वागतयोग्य भएको बताएको छ ।

संघका अध्यक्ष साहिल अग्रवालले सोमबार विज्ञप्ति जारी गर्दै यसले स्वदेशी उत्पादन बढाउनुका साथै औद्योगिकरण र रोजगारीको  वातावरण सिर्जना गर्न थप मद्धत पुग्ने बताएका हुन् ।

नेपाल रोलिङ्ग मिल्स एशोसिएसनको नाममा केही समूह तथा व्यक्तिहरुले अनधिकृतरुपमा पत्रकार सम्मेलन गरी भ्रम सिर्जना गर्ने काम गरेकोमा संघले आपत्ति जनाएको छ ।

एशोसिएसनको नाममा त्यस्ता गतिविधिहरु नगर्न र कसैले पनि सो बारेमा भ्रामक धारणा नबनाउन समेत स‌ंघले अनुरोध गरेको छ ।

स्वदेशभित्रै बिलेट उत्पादन गर्न, कच्चा पदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सारलाई शुन्यमा झार्ने सरकारी प्राबधान स्वागत योग्य भएको संघले जनाएको हो ।

यसले देशभित्रै कच्चा पदार्थमार्फत बिलेट उत्पादन गर्न तथा सो बिलेटमार्फत स्वदेशमा नै डण्डी उत्पादन गर्न सकिने र यसले देशभित्रै लगानी विस्तार गर्न, भविष्यमा निर्यातको वातावरण बनाउन, रोजगारी सिर्जना गर्न सघाउने स‌ंघको ठहर छ ।

संघले विभिन्न २० बुँदे तथ्यगत आधारहरुसहित नयाँ व्यवस्थाले स्वदेशी पूँजी र सीपमार्फत देशभित्र थप ६ अर्बको लगानी रोलिङ्ग मिल्स तथा डण्डी उद्योगमा थप हुने विज्ञप्तिमा जनाइएको छ ।

कोभिड १९ बाट शिथिल रहेको स्वदेशी अर्थतन्त्रलाई यसले चलायमान बनाउन देशमा औद्योगिक वातावरण सिर्जना गर्न, विदेशी मुद्रा बाहिरीनबाट बचाउनुका साथै सरकारलाई समेत राजश्व वृद्धिमा सकारात्मक प्रभाव पार्ने यस एशोसिएसनको ठहर छ ।

सरकारले बजेटमार्फत डण्डी बनाउन चाहिने बिलेट स्वदेशमा नै उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्पन्जको भन्सार शुन्य गर्नुले उद्योगीहरुले देशभित्रै उद्योगहरुले लगानी विस्तार गरेर बिलेट उत्पादन गर्दै आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ ।

नयाँ व्यवस्थाले स्वदेशभित्र उत्पादन भईरहेको विद्युतको खपतलाई हुनुका साथै उत्पादन भइरहेको विद्युत खपत नहुने चिन्ताका विचमा विद्युत खपत बढाउने उनीहरुको भनाइ छ । यसले आगामी दिनमा स्वदेशी डण्डी उद्योगहरुले नयाँ आयोजनाबाट उत्पादन हुने ३ हजार मेगावाट विद्युतलाई खपत गर्न समेत सहयोग पुर्‍याउने जनाइएको छ ।

विद्युत खपत गर्ने मात्र नभई यसले हाल स्टील उद्योगमा उपयोग गर्नुपर्ने फर्नेस आयल आयातमा भारत र अन्य मुलुक जाने गरेको करिब ४.५ अर्ब रुपैयाँ समेत स्वदेशभित्रै रहनेछ र यसले अन्य उद्योगहरुमा थप लगानीको वातावरण बन्ने जनाइएको छ ।

हाल नेपालमा करिब १६ लाख टन वार्षिक बिलेट उत्पादनको क्षमता रहेको र जडित क्षमताको ८० देखि ९५ प्रतिशतसम्म उत्पादन हुनेगरी उद्योग संचालन गर्न सकिने फलामे छड उत्पादन संघको ठहर छ । छिटै नै १० लाख टन बिलेट उत्पादन हुनेगरी उद्योग विस्तार तथा योजना बनाउन सकिने संघले जनाएको छ ।

संघका अनुसार कच्चा पदार्थ बाहेक समग्र सामग्री स्वदेशभित्रै उत्पादन गर्न सकिएको खण्डमा यसले ग्राहकहरुले किन्ने डण्डीको लागत घट्ने र ग्राहकरुलाई समेत सस्तो हुनेछ ।

स्वदेशमा नै उत्पादन गरिने बिलेटबाट तयार हुने डण्डीहरु उच्च गुणस्तरीय र मजबुत हुने हुँदा यसले नेपाली निर्माण क्षेत्रमा सुरक्षा सुनिश्चित गर्ने संघले जनाएको छ ।

देशभित्र औद्योगिक वातावरण बनाउन र कोभिड १९ ले थला पारेको अर्थतन्त्रलाई उकास्न सरकार र निजी क्षेत्रको सहकार्य गर्नुको विकल्प नरहेको संघको ठहर छ । त्यसैले देशभित्रै नयाँ उद्योग निर्माण, उद्योग विस्तार र रोजगार सिर्जना गर्न सबैले हातोमालो गर्न समेत संघले आह्वान गरेको छ ।

तथ्यगत आधारहरुः
१) नयाँ यो व्यवस्थाबाट ६ अर्ब रुपैयाँ हाराहारी लगानी थपिने र स्वदेशभित्र थप ३ हजार रोजगार सिर्जना हुनेछ ।
२) लगानी थपिएसँगै उद्योगको क्षमता बिस्तार हुने र तत्कालै २२० मेगावाट विद्युत खपत हुने । जसबाट नेपाल विद्युत प्राधिकरणको घाटा न्यून हुने ।
३) बिलेट उत्पादन गर्ने ठूला उद्योगले तत्कालै उत्पादन क्षमता बढाउने ।
४) डेढ करोड लिटर फर्नेस आयलको खपत घटाई विद्युतले प्रतिस्थापन गर्दा स्वदेशी पूँजी बचत हुने । यसले कुल ४५० करोड रुपैयाँ बचत हुने ।
५) डण्डीको मूल्य प्रति किलोग्राममा तत्काल ३ रुपैयाँसम्म घट्नसक्ने र प्रत्यक्ष ग्राहकहरुलाई फाईदा हुने ।
६) नेपालमा उत्पादन हुने डण्डीहरु सरकारले तोकेको मापदण्डअनुसार पूर्णरुपमा गुणस्तर नियन्त्रण गरी नेपाली उद्योगहरुले स्वदेशभित्रै उच्चस्तरीय डण्डी उत्पादन गर्दै आएको ।
७) स्वदेशमा उत्पादन हुने डण्डीहरुमा मूल्य अभिवृद्धि हुने, औद्योगीक वातावरण तयार पार्ने। आगामी दिनमा स्वदेशी उत्पादन निर्यात गर्न सहज प्रतिस्पर्धात्मक वातावरण तयार पार्ने ।
८) आयात घटेसँगै वैदेशिक मुद्रा बचत गर्दछ र यसले व्यापारघाटा कम गर्ने । कुल वैदेशिक मुद्रामा ३,०५० करोड रुपैयाँ बचत हुने ।
९) स्वदेशमा नै उत्पादन वृद्धि भएपछि डण्डीको लागि बिलेट आयातमा कमी हुनेछ र यसले परनिर्भरता समेत घटाउँदै स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिने ।
१०) अहिले कुल बिलेट आयात ११ लाख ७६ हजार ५४६ मेट्रिक टन हुने गरेको ।
११) हाल १६ लाख ६ हजार २३५ मेट्रिक टन डण्डी उत्पादन हुने गरेको ।
१२) वर्तमान ईआईएफ बिलेट क्षमता १४ लाख २२ हजार ३०० मेट्रिक टन ।
१३) ईआईएफ बिलेट न्यून क्षमता ५ लाख २८ हजार मेट्रिक टन ।
१४) कुल बिआईएफ बिलेट क्षमता ४ लाख १९ हजार ४१६ मेट्रिक टन ।
१५) कुल बिआईएफ बिलेट खपत ११ लाख ८६ हजार ८२० मेट्रिक टन ।
१६) प्रभावित हुने बिलेट नभएका उत्पादकहरु १३ ओटा कम्पनी ।
१७) स्थानिय तहमा प्रभावित हुने शुल्क २ लाख २२ हजार ९७१ रुपैयाँ ।
१८) बिलेट उत्पादकहरु १३ ओटा कम्पनी ।
१९) कुल ग्राहस्थ उत्पादनमा ०.९ प्रतिशतदेखि १ प्रतिशतसम्म योगदान
२०) यसले धौवादीमा रहेको फलाम खानी तथा स्थानिय कच्चा पदार्थको उपयोग गर्न सकिने ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : ०७ बजे

भारतीय दूतावासको सहयोगमा क्याम्पस निर्माण

दमौली – नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३

बेलबारी गोल्डकपः झापा ११ फाइनलमा

मोरङ – बुटवल लुम्बिनीविरिुद्ध २–० गोल अन्तरको जीत निकाल्दै झापा

‘फेस अफ क्लासिक डाइमन्ड’द्वारा पाँचौँ सिजन घोषणा

काठमाडौं – नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले यसपटक पनि

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट

अध्यक्ष लिङ्देनसहित राप्रपाको टोली कर्णाली यात्रामा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु