जनताको जीवनस्तर सुधार भए मात्र समृद्ध नेपाल बन्छ : मन्त्री भुसाल « Khabarhub

जनताको जीवनस्तर सुधार भए मात्र समृद्ध नेपाल बन्छ : मन्त्री भुसाल


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर सुधार भएपछि मात्र समृद्ध नेपाल बन्ने बताएकी छन् ।

राज्यका सबै निकायले आफ्नो सामाजिक एवं नागरिकप्रतिको दायित्व इमान्दारीपूर्वक पूरा गर्नुपर्नेमा उनले जोड दिइन ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, वाणिज्य बैंक लिमिटेडको चौंथो केन्द्रीय महाधिवेशनको आज उद्घाटन गर्दै मन्त्री भुसालले भनिन्, “व्यापारिक दृष्टिकोणबाट मात्र हेरेर हुन्न, गरिबी न्यूनीकरणमा योगदान दिनुपर्छ । हामी सबैको पहिलो लक्ष्य गरिबी मुक्त नेपाल बनाउने हुनुपर्छ । सिर्जनात्मक कार्यक्रम अगाडि बढाएर काम गर्नुपर्छ ।”

जनआन्दोलनबाट ठूलो राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा त्यति ठूलो परिवर्तन नआएका कारण राजनीतिकर्मी, कर्मचारी एवं उद्योगी तथा व्यापारीका बारेमा आलोचना हुने गरेको सुनाउँदै उनले जनताको त्याग र बलिदानबाट प्राप्त परिवर्तनको अनुभूति हुनुपर्ने बताइन् ।

आफूमन्त्री भएपछि जनताकै पक्षमा निर्णय गरेको उल्लेख गर्दै उनले भनिन्, “बीस युनिटसम्म बिजुली बाल्ने जनताले निःशुल्क पाउँदै छन् । यो निर्णयबाट २८ लाख ५० हजार घरपविार लाभान्वित हुनेछन् ।”

त्यसैगरी बिजुलीको महसुल दर घटाएर जनतालाई राहत दिने निर्णय गरेको मन्त्री भुसालको भनाइ थियो । उनले भनिन्, “अब ग्यास चुलोभन्दा विद्युतीय चुलो सस्तो हुन्छ, यो नेपाली उत्पादन हो, यही प्रयोग गरौँ ।”

मन्त्री भुसालले सिँचाइमा प्रयोग हुने स्यालो ट्युबवेलमा लाग्ने विद्युत् महसुल निःशुल्क र डिप ट्युबवेलमा लाग्ने महसुलमा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको जानकारी दिइन् ।

“कृषिजन्य वस्तुको आयातमा कमी भई व्यापार घाटा कम गर्न मद्दत पुग्नेछ । सामाजिक उत्तरदायित्व जनतामा केन्द्रित हुनुपर्छ”, मन्त्री भुसालले भनिन्, “राष्ट्रिय वाणिज्य बैंक एक नम्बरमा हुनुपर्छ र गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।”

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्