अमेरिकाविरुद्ध नेपाल ५ विकेटले विजयी « Khabarhub

अमेरिकाविरुद्ध नेपाल ५ विकेटले विजयी

कुशल र रोहितको शानदार प्रदर्शन


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितका लागि कुशल भुर्तेल र रोहित कुमार पौडेलले शानदार प्रर्दशन गरे ।

नेपालको जितमा ओपनर कुशल ले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो ।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय अन्तराष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो ।

यस्तै रोहितले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । लगातार दोस्रो अर्धशतक पूरा गर्ने क्रममा उनले बलमा ३ छक्का र २ चौका प्रहार गरे । विनोद भण्डारी ३७ रनमा आउट भए । करण केसी १ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १७ तथा कुशल मल्ल १ रनमा आउट भए ।

अमेरिकाका निसर्ग पटेल र नोस्तुश केन्जिगेले २/२ विकेट लिए । सौरभ नेत्रभाल्करले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

अमेरिकाका लागि मोनान्क पटेलले १०० रनको शतकीय इनिङ्स खेले । यस्तै निसर्ग पटेलले २१ रन जोड्दा करिमा गोरेले १६ रन जोडे ।संजय कृष्णमुर्थी र नोस्तुश केन्जिगेले समान १३/१३ रन जोडे भने जसकरण मल्होत्राले ११ रन बनाएका थिए ।

टस हारेर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछाने, शुसन भारी र विक्रम सोबले सर्वाधिक २-२ विकेट लिए । १० ओभर बलिङ गरेका भारीले ३१ रन खर्चिएर २ विकेट लिए । यस्तै, १० ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै ३५ रन खर्चिए ।

अर्का तीब्र गतिका बलर विक्रमले ६ ओभर बलिङ गर्दै ३३ रन खर्चिएर २ विकेट लिए । विक्रमले अमेरिकाका मोनाङ्कलाई १०० रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । यता, कुशल मल्ले समान १-१ विकेट लिए । १६ रन बनाएका अमेरिकाका नोस्थुस केन्जिगेलाई कुशल मल्ल र सन्दीप लामिछानेले रन आउट गराएका थिए । सन्दीपले करिमा गोरेलाई रन १६ रनमा रन आउट गराएका थिए ।

नेपालका करण केसी महँगा सावित भए । ५ ओभर बलिङ गरेका करणले बिनाविकेट ४१ रन खर्चिएका थिए । यस्तै, सोमपाल कामीसमेत विकेटविहीन रहे । ८ ओभर बलिङ गरेका सोमपालले ३५ रन खर्चिएका थिए । नेपालले अमेरिकालाई अतिरिक्त ७ रन दिएको थियो ।

यसअघि नेपाली टोलीले लिग-२ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण शृंखला खेलेको थियो । नेपालले दुवै शृंखला आफ्नो पक्षमा पारेको थियो ।

सिरिज अन्तर्गत नेपालले अब दोस्रो खेलमा घरेलु टिम ओमानसँग खेल्नेछ । नेपाल र ओमानबीचको खेल भोलि मंगलबार हुनेछ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : ४७ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद