मालदिभ्समा ९ लाख पर्यटक पुगे « Khabarhub

मालदिभ्समा ९ लाख पर्यटक पुगे


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।

यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

कोभिडका कारण अघिल्लो वर्ष पर्यटक नआएकामा अहिले यहाँ १२२ प्रतिशतसम्म पर्यटक बढेका सो मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।साथै सो मन्त्रालयका अनुसार तर त्यो भन्दा पनि अघिल्लो अर्थात् सन् २०१९ का तुलनामा भने यहाँ पर्यटक कम आएका छन् ।

सन् २०१९ को यही अवधिका तुलनामा यसवर्ष यहाँ २९ प्रतिशत कम पर्यटक आएका हुन् । यसवर्ष यहाँ आएका पर्यटकमा अधिकांश भारतीय रहेका छन् ।

त्यसैगरी एसियाका अरु देशका नागरिक र रुस तथा जर्मनीका पर्यटक यहाँ आएका थिए । यी देशका मात्र यहाँ २३ प्रतिशत पर्यटक आएका थिए ।त्यसपछि यहाँ फ्रान्स, ताजकिस्तान, स्पेन, बेलायत र अमेरिकी पर्यटक आएका छन् । तर यी देशका भने थोरै मात्र पर्यटक यहाँ आएका छन् ।

मालदिभ्स पर्यटकीय देश हो । मालदिभ्सको राजधानी मालेमा विश्वका देशका नागरिकहरु विदा मनाउन आउने गर्दछन् । त्यसैले यस देशको मुख्य आय पनि पर्यटन नै हो । तर विश्वका अरु देशहरु जस्तै मालदिभ्सलाई पनि कोभिड १९को असरले छोएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ६ : २८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह