मालदिभ्समा ९ लाख पर्यटक पुगे | Khabarhub Khabarhub

मालदिभ्समा ९ लाख पर्यटक पुगे


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।

यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

कोभिडका कारण अघिल्लो वर्ष पर्यटक नआएकामा अहिले यहाँ १२२ प्रतिशतसम्म पर्यटक बढेका सो मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।साथै सो मन्त्रालयका अनुसार तर त्यो भन्दा पनि अघिल्लो अर्थात् सन् २०१९ का तुलनामा भने यहाँ पर्यटक कम आएका छन् ।

सन् २०१९ को यही अवधिका तुलनामा यसवर्ष यहाँ २९ प्रतिशत कम पर्यटक आएका हुन् । यसवर्ष यहाँ आएका पर्यटकमा अधिकांश भारतीय रहेका छन् ।

त्यसैगरी एसियाका अरु देशका नागरिक र रुस तथा जर्मनीका पर्यटक यहाँ आएका थिए । यी देशका मात्र यहाँ २३ प्रतिशत पर्यटक आएका थिए ।त्यसपछि यहाँ फ्रान्स, ताजकिस्तान, स्पेन, बेलायत र अमेरिकी पर्यटक आएका छन् । तर यी देशका भने थोरै मात्र पर्यटक यहाँ आएका छन् ।

मालदिभ्स पर्यटकीय देश हो । मालदिभ्सको राजधानी मालेमा विश्वका देशका नागरिकहरु विदा मनाउन आउने गर्दछन् । त्यसैले यस देशको मुख्य आय पनि पर्यटन नै हो । तर विश्वका अरु देशहरु जस्तै मालदिभ्सलाई पनि कोभिड १९को असरले छोएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ६ : २८ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको