पछिल्लो २४ घण्टामा ४ लाख ३८ हजार जना कोरोनामुक्त, मृत्यु कति? « Khabarhub

पछिल्लो २४ घण्टामा ४ लाख ३८ हजार जना कोरोनामुक्त, मृत्यु कति?


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन् ।

‍ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ७९ हजार ३७८, बेलायतमा ३८ हजार ५२०, टर्कीमा ३३ हजार ८६० जना थपिएका हुन्।

यसैगरी रुसमा २८ हजार १९०, भारतमा १६ हजार २१, इरानमा १३ हजार ३९१ र ब्राजिलमा ७ हजार ३५९ जनामा संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा ४ लाख ३८ हजार ५८५ जना संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा एक लाख एक हजार ४९९, बेलायतमा ३७ हजार ६६४, टर्कीमा ३० हजार ११० जना निको भएका छन् । भारतमा २२ हजार ८५०, ब्राजिलमा २५ हजार ८२७, रुसमा २० हजार ७०६ जना कोरोनामुक्त भएका छन् ।

यस्तै ६ हजार ६०६ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरू अमेरिकाका एक हजार ४०९, रुसमा ९७३, टर्कीमा २३७, भारतमा २२९, बेलायतमा १८१ र ब्राजिलका १७६ जना हुन् ।

यससँगै हालसम्म कोराना संक्रमितको संख्या २३ करोड ९४ लाख ४० हजार ३४ जना पुगेको छ । तीमध्ये २१ करोड ६७ लाख ७ हजार ४६५ जना निको भइसकेका छन् भने ४८ लाख ८० हजार ६७१ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : ०५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको