ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु, सवार एक घाइते « Khabarhub

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु, सवार एक घाइते


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जिल्लाको दोगडाकेदार गाउँपालिका–३ तारलमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा चालक डिलाशैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। योगेशको उपचारका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा मृत्यु भएको हो। मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् ।

डिलाशैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट ट्रयाक्टर मंगलबार राति करिब १ बजे सडकबाट ५० मिटर तल खसेको हो। ट्रयाक्टरमा सवार रहेका डिलाशैनी–३ का राकेश कोली सामान्य घाइते छन्।

 

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ८ : ४० बजे

हिटकै खोजीमा रहेका सौगात, दयाहाङ–प्रकाश र बल्छीबीच भिडन्त, किन झुम्मिए माघ १ मा ?

काठमाडौं – माघे संक्रान्ति र नजिकका सार्वजनिक बिदाको मौका छोप्न

रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको अरनिको पाँडेको घोषणा 

काठमाडौं– योजना आयोगका पूर्व सदस्य तथा रास्वपाका केन्द्रीय सदस्य डा. अरनिको

गुल्मीको भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक स्थापना

गुल्मी– लाहुरेहरूको गाउँका रूपमा परिचित गुल्मीको सत्यवती गाउँपालिका– ८ भार्सेमा

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भत्कियो, सुधार गर्ने प्रतिबद्धता 

म्याग्दी– कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको

‘अपदस्थ’ र ‘असक्षम’को गठजोडले ल्याएको प्रलय

जीवनको उत्तरार्द्धमा अल्बर्ट आइन्स्टाइनलाई कसैले सोध्यो- ‘यदि पुनर्जन्म हुन्छ भने