दशैँमा मटन चपली कबाब बनाउने तरिका « Khabarhub

दशैँमा मटन चपली कबाब बनाउने तरिका


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिठो मसिनो खाने चाँडका रुपमा दशैँ मानिन्छ । जो तपाई हाम्रो घर आगनमा आइपुगेको छ । यो बेला घरघरमा घोर्ले खसी ढाल्ने, त्यसको अनेक परिकार बनाउने गरिन्छ ।

पक्कु, सेकुवा, साँधेर, उसिनेर, भुटुवा बनाएर वा आन्द्रा–भुँडी लगायतका छुट्टाछुट्टै परिकार बनाएर खाने गरिन्छ । यसै मध्ये एक परिकार हो, मटन चपली कबाब । यो घरमै भएको मरमसला प्रयोग गरेर बनाउन सकिन्छ । र बनाउनका लागि धेरै समय पनि लाग्दैन ।

आवश्यक सामग्री
– हड्डी नभएको मासुको किमा
– अदुवा – काटेको
– लसुन – काटेको
– खुर्सानी – काटेको
– हरियो धनियाँ
– नुन
– जिरा धुलो
– धनियाँ धुलो
– करी पाउडर
– मिट मसला
– प्याज – काटेको
– कसुरी मेथी
– कागति – रस निकालेर राख्ने
– बटर (फ्राइ गर्न)

बनाउने तरिका
क) किमामा अदुवा, लसुन, प्याज लगायत सबै मरमसला हालेर राम्ररी मिक्स गर्ने ।
ख) त्यसलाई स–साना रोटी जस्तै आकार बनाउने ।
ग) प्यानमा बटर हालेर तताउने र उक्त बटरमा मटन चपलाई डिप फ्राइ गर्ने ।

अब मटन चपली कबाब तयार भयो । यसलाई स्न्याक्सको रुपमा सेवन गर्न सकिन्छ । यसकालागि घरमै पुदिनाको पेस्टको अचार बनाउन सकिन्छ । त्यसकालागि पुदिनाको पेस्ट, दही, कालो नुन, चार्ट मसला, खुसार्नी धुलो आवश्यक हुन्छ । पुदिनाको अचारसंग मटन चपली कबाब खान सकिन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  २ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै