दशैँमा मटन चपली कबाब बनाउने तरिका « Khabarhub

दशैँमा मटन चपली कबाब बनाउने तरिका


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिठो मसिनो खाने चाँडका रुपमा दशैँ मानिन्छ । जो तपाई हाम्रो घर आगनमा आइपुगेको छ । यो बेला घरघरमा घोर्ले खसी ढाल्ने, त्यसको अनेक परिकार बनाउने गरिन्छ ।

पक्कु, सेकुवा, साँधेर, उसिनेर, भुटुवा बनाएर वा आन्द्रा–भुँडी लगायतका छुट्टाछुट्टै परिकार बनाएर खाने गरिन्छ । यसै मध्ये एक परिकार हो, मटन चपली कबाब । यो घरमै भएको मरमसला प्रयोग गरेर बनाउन सकिन्छ । र बनाउनका लागि धेरै समय पनि लाग्दैन ।

आवश्यक सामग्री
– हड्डी नभएको मासुको किमा
– अदुवा – काटेको
– लसुन – काटेको
– खुर्सानी – काटेको
– हरियो धनियाँ
– नुन
– जिरा धुलो
– धनियाँ धुलो
– करी पाउडर
– मिट मसला
– प्याज – काटेको
– कसुरी मेथी
– कागति – रस निकालेर राख्ने
– बटर (फ्राइ गर्न)

बनाउने तरिका
क) किमामा अदुवा, लसुन, प्याज लगायत सबै मरमसला हालेर राम्ररी मिक्स गर्ने ।
ख) त्यसलाई स–साना रोटी जस्तै आकार बनाउने ।
ग) प्यानमा बटर हालेर तताउने र उक्त बटरमा मटन चपलाई डिप फ्राइ गर्ने ।

अब मटन चपली कबाब तयार भयो । यसलाई स्न्याक्सको रुपमा सेवन गर्न सकिन्छ । यसकालागि घरमै पुदिनाको पेस्टको अचार बनाउन सकिन्छ । त्यसकालागि पुदिनाको पेस्ट, दही, कालो नुन, चार्ट मसला, खुसार्नी धुलो आवश्यक हुन्छ । पुदिनाको अचारसंग मटन चपली कबाब खान सकिन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  २ : २५ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा