अफगान संकट समाधान गर्ने जी २० का नेताहरुको प्रतिबद्धता « Khabarhub

अफगान संकट समाधान गर्ने जी २० का नेताहरुको प्रतिबद्धता


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका ठूलो अर्थतन्त्र भएका देशहरुको समूह जी २० का नेताहरूले अफगानिस्तानको उथलपुथलबारे चासो देखाउदै त्यहाँको आर्थिक तथा मानवीय संकट समाधानका लागि प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसको आव्हानमा आयोजना भएको भर्चुअल वैठकमा जी२० का नेताहरूले प्रतिबद्धता जनाएका हुन् ।

वैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्तर्राष्ट्रिय समुदायले सोझै अफगान नागरिकलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए । सहायता कार्यक्रममा तालिवानको आवश्यक नपर्ने उनको भनाइ थियो ।

तर, इटालीका प्रधानमन्त्री मारिओ ड्रगीले तालिवानको संलग्नताबिना अफगान नागरिकहरूलाई सहयोग गर्न कठिन हुने बताए ।

त्यस्तै, जर्मन चान्सलर एन्जिला मर्केलले अफगान संकट लामो समयसम्म लम्बिन नहुने बताउँदै समस्या समाधानका लागि जी देशका नेताहरुले ठोस कदम चाल्नुपर्ने बताएकी थिइन् ।

चाँडै नै जर्मन राजीतिबाट बिदा लिदै गरेकी मर्केलले जर्मनीले ६० करोड युरो उपलब्ध गराउने यसअघिको प्रतिबद्धतालाई पुनः दोहोराएकी थिइन् ।

अफगानिस्तानको सिंगो अर्थतन्त्र नै कोल्याप्स भएको उनको भनाइ थियो । बैठकले तालिवानलाई अतिवादी संजालसँगको सम्बन्ध तोड्न समेत आग्रह गरेको छ ।

सो अवसरमा भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानलाई अतिवादीको स्रोत हुनबाट रोक्नुपर्ने धारणा राखेका थिए ।

यसअघि, युरोपेली आयोगकी प्रमुख उर्जुला एफडी लयनले अफगानिस्तानलाई एक अर्ब युरो उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ३ : २५ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो