आज २०७८ कार्तिक २७ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ कार्तिक २७ गते शनिबारको राशिफल


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ कार्तिक २७ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।

बृष

अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ।

मिथुन

जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

कर्कट

वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।

सिंह

बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ। न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ ।

कन्या

मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

तुला

धन खर्चको योग छ । स्वास्थ्य समस्या बल्झिएला । माया प्रेममा सुमधुरता । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला । शैक्षिक क्षेत्र मध्यम रहला ।

बृश्चिक

अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । खानपिनमा ध्यान दिनुहोला

धनु

रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मकर

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।

कुम्भ

लामो समयका अधुरा कामहरू पूरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । प्रेममा खटपट आउन सक्छ ।

मीन

आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ५ : ३० बजे

पोखरामा अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबार : पाँच जना पक्राउ

पोखरा– कास्की प्रहरीले क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा र सट्टाबाजी गरेको

ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्री- राष्ट्रपति हुँदाहुँदै नारायणहिटीको कुर्सीमा राख्दैमा कोही राजा हुँदैन

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको

अर्थसंक्षेप : कुलमानले फेरि बुझाए सफाइ, नेप्सेमा गयो पहिरो र तीन करोडमुनिका योजनामा अर्थमन्त्रीको अंकुश

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई आज

नेपालद्वारा युगाण्डा एक विकेटले पराजित   

काठमाडौं– युगाण्डामा जारी चार देशीय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

धरपकडपछि पोखरा महानगरको गेटमा कोटिहोम पक्षधरको धर्ना, प्रजिअले डाके बैठक

पोखरा– अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी गण्डकी कोटिहोम पक्षधरले आइतबार