कपाल झर्ने समस्याको घरेलु उपचार यस्तो छ « Khabarhub

कपाल झर्ने समस्याको घरेलु उपचार यस्तो छ


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. मनतातो तोरीको तेलमा अदुवाको रस मिलाएर कपालको जरामा लगाई तातो पानीमा भिजाइएको रुमालले टाउको सेक्नाले कपाल झर्न कम भई नयाँ कपाल उम्रिन मद्दत गर्छ । यो विधि गरेपछि ३०–६० मिनेट पछि नुहाउनुपर्छ ।

२. तोरी वा जैतुनको तेलमा १–२ चम्चा धुलो खुर्सानी मिसाएर कपालको जरासम्म लगाएर मालिस गर्ने र १–२ घण्टापछि नुहाउने । यसो गर्नाले कपालको जरामा रक्तसञ्चार राम्रो भई कपाल कालो चम्किलो र मजबुत बन्नुको साथै चायाँसमेत हट्ने गर्दछ ।

३. धेरै तातो वा धेरै चिसो पानीले नुहाउँदा पनि कपाल झर्ने हुँदा जाडो मौसममा मनतातो पानीले नुहाउनु पर्दछ ।

४. दैनिक ७–८ घण्टा सुत्नुपर्दछ ।

५. अमला वा नरिवलको तेलले मालिस गर्नाले कपाल मजबुत हुन्छ ।

६. तोरीको तेलमा अण्डा र भिटामिन ई मिसाएर लगाउने र १–२ घण्टामा स्याम्पुले नुहाउने । यसो गर्नाले कपाल मजबुत र चम्किलो हुन्छ ।

७. मेथी अथवा दही पनि कपालको लागि राम्रो मानिन्छ ।

८. चायाँ हटाउनको लागि अदुवा र चुकन्दरको रस अथवा चुकन्दर र भेनेगले कपालको जरामा मालिस गर्नुपर्दछ ।

९. हेनाको पात र चुकन्दरको पात पिनेर कपालमा लगाउँदा पनि कपाल झर्न कम हुन्छ ।

साभार  : ‘एकसे एक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : ५२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको