डिजिटल भुक्तानी सुविधा बढाउँदै हिमालयन बैंक  « Khabarhub

डिजिटल भुक्तानी सुविधा बढाउँदै हिमालयन बैंक 


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन बैंक र नेपाल क्लियरिङ हाउसबीच ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन सम्झौता भएको छ ।

सम्झौता अनुसार हिमालयन बैंक नेपाल राष्ट्र बैंक बाट स्वीकृत प्राप्त गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुनेछ ।

प्रथम चरणमा ‘नेपालप्ले क्यूआर’ सञ्चालन गरी ग्राहकहरूलाई सुविधाहरू प्रदान गरिनेछ ।

सम्झौतापत्रमा हिमालयन बैंक का प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र  नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले यही कात्तिक २३ गते हस्ताक्षर गरेका हुन् ।

नेपाल क्लियरिङ हाउससँग यस्तो सम्झौतापत्रमा हस्ताक्षर गर्ने हिमालयन बैंक पहिलो रहेको बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन् ।

नेशनल पेमेन्ट स्वीचले ल्याएको यस्तो सुविधाले भुक्तानी प्रणाली थप सहज बनाई विभिन्न बैंकिङ कारोबार गर्न सकिने विश्वास बैंकले लिएको पनि विज्ञप्तिमा जनाइको छ ।

यस सुविधाअन्तर्गत ग्राहकहरूले ‘नेपालप्ले क्यूआर’ उपलब्ध भई सञ्चालनमा ल्याउने सबै मर्चेन्टहरूबाट सहजरूपमा वस्तु तथा सेवाहरूको डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

हिमालयन बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत नेपाल क्लियरिङ हाउसले उपलब्ध गराउने अन्य सेवाहरू पनि क्रमिकरूपमा उपलब्ध गराउने कुरा विज्ञप्तिमा जनाइएको छ ।

नेशनल पेमेन्ट स्वीचमा आबद्ध भई सञ्चालनमा आएको ‘नेपालप्ले क्यूआर’ एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

यसबाट बैंकका ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित हुने र नगदै भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त हुने बैंकको भनाइ छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ९ : ०३ बजे

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा