डिजिटल भुक्तानी सुविधा बढाउँदै हिमालयन बैंक  « Khabarhub

डिजिटल भुक्तानी सुविधा बढाउँदै हिमालयन बैंक 


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन बैंक र नेपाल क्लियरिङ हाउसबीच ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन सम्झौता भएको छ ।

सम्झौता अनुसार हिमालयन बैंक नेपाल राष्ट्र बैंक बाट स्वीकृत प्राप्त गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुनेछ ।

प्रथम चरणमा ‘नेपालप्ले क्यूआर’ सञ्चालन गरी ग्राहकहरूलाई सुविधाहरू प्रदान गरिनेछ ।

सम्झौतापत्रमा हिमालयन बैंक का प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र  नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले यही कात्तिक २३ गते हस्ताक्षर गरेका हुन् ।

नेपाल क्लियरिङ हाउससँग यस्तो सम्झौतापत्रमा हस्ताक्षर गर्ने हिमालयन बैंक पहिलो रहेको बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन् ।

नेशनल पेमेन्ट स्वीचले ल्याएको यस्तो सुविधाले भुक्तानी प्रणाली थप सहज बनाई विभिन्न बैंकिङ कारोबार गर्न सकिने विश्वास बैंकले लिएको पनि विज्ञप्तिमा जनाइको छ ।

यस सुविधाअन्तर्गत ग्राहकहरूले ‘नेपालप्ले क्यूआर’ उपलब्ध भई सञ्चालनमा ल्याउने सबै मर्चेन्टहरूबाट सहजरूपमा वस्तु तथा सेवाहरूको डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

हिमालयन बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत नेपाल क्लियरिङ हाउसले उपलब्ध गराउने अन्य सेवाहरू पनि क्रमिकरूपमा उपलब्ध गराउने कुरा विज्ञप्तिमा जनाइएको छ ।

नेशनल पेमेन्ट स्वीचमा आबद्ध भई सञ्चालनमा आएको ‘नेपालप्ले क्यूआर’ एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

यसबाट बैंकका ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित हुने र नगदै भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त हुने बैंकको भनाइ छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ९ : ०३ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित