नयाँ दिल्लीको प्रदूषण हटाउन सर्वोच्च अदालतले दियो दुई दिन लकडाउन गर्ने विकल्प | Khabarhub Khabarhub

नयाँ दिल्लीको प्रदूषण हटाउन सर्वोच्च अदालतले दियो दुई दिन लकडाउन गर्ने विकल्प


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीको प्रदूर्षण हटाउन दुई दिन लकडाउन गर्न सकिने विकल्पसहितको सुझाव दिएको छ ।

केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको बीबीसीले जनाएको छ ।

भारतका प्रधानन्यायधिश एन भी रमण, न्यायाधीशहरू डि वाई चन्द्रचुडा र सुर्यकान्तको इजलाशले दिएको सुझावको अहिले निकै चर्चा भएको छ । सुझावमा भनिएको छ, ‘हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नु पर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुई दिने लकडाउन हुनसक्छ ।’

मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ भन्ने प्रश्न पनि न्यायाधीशहरूले गरेका छन् । लकडाउनलाई अदालतले तात्कालिन उपायको रुपमा मात्रै लिन आग्रह गर्दै दीर्घकालिन रुपमा समस्याको समाधान गर्ने उपाय भने अरु नै अपनाउनु पर्ने उल्लेख गरेको छ ।

अदालतले अति प्रदूषण भएकाले अहिले बालबालिकाहरूलाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवत जावत गराउन पनि पुनर्विचार गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएको छ । चिकित्सकहरूले वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दिर्घकालिन असर पर्ने भएकाले त्यस तर्फ विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

विज्ञ तथा सरोकारवालाहरूले प्रदूषणबाट बालबालिकाहरूलाई दीर्घकालिन असर पर्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् । वायु प्रदूषणको असर बालबालिकाहरूमा अहिले भन्दा पछि बढी देखिने सर गंगाराम अस्पतालका डा. धिरेन गुप्ताको भनाइ ।

बालबालिकामा स्वास प्रस्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने उनले बताए । साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता विरामीहरूको सङ्ख्या अत्यधिक धेरै रहेको उनले जानकारी दिए ।

नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण अघिल्लो शुक्रवारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ । पटकाको प्रयोगमा प्रतिबन्ध लगाइए पनि शहरभरि मानिसहरूले तिहारका बेलामा राती अबेरसम्म पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको अधिकारीहरूको भनाइ ।

भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरूले देखाएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ३ : ४५ बजे

परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतका वन, वातावरण

‘असामान्य अवस्थामा सामान्य बजेट ल्याएर समस्या समाधान हुँदैन, हस्तक्षेपकारी चाहिन्छ’

काठमाडौं– लामो समयदेखि तङ्ग्रिन नसकेको मुलुकको अर्थतन्त्र सुधारका लागि सामान्य

हितेन्द्रदेव भन्छन्- सानो समस्या आउँदैमा लोडसेडिङ हुँदैन, इन्भर्टर र मैनबत्ती खोज्ने कुरा नगरौँ

काठमाडौं- धनुषाको ढल्केबर आसपासको क्षेत्रमा उच्चबेगसहित चलेको हावाहुरीका कारण ढल्केबर-मुजफरपुर

स्वास्थ्य मन्त्रालय मातहतका निकायको एक अर्ब ७० करोड बढी बेरुजु 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायको एक अर्ब

वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल