माथेमालगायत चार पूर्वउपकुलपतिले भने : न्यायालयले विश्वास गुमाएपछि कहाँ जाने ? « Khabarhub

माथेमालगायत चार पूर्वउपकुलपतिले भने : न्यायालयले विश्वास गुमाएपछि कहाँ जाने ?


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका चार जना पूर्वउपकुलपतिले न्यायालयमा देखिएको समस्या समाधानका लागि सरकार र दलहरुको ध्यानाकर्षण गराएका छन् ।

पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जंग शाहले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै बार एशोसिएशनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा लामो समयदेखि सर्बोच्च अदालतमा भइरहेको बार एशोसिएशनको आन्दोलन र जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासिनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको उल्लेख छ। न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन पनि आन्दोलनले अविलम्ब निकास पाउन जरूरी भएकोमा जोड दिइएको छ ।

‘न्यायालयले जनताको विश्वास गमाएपछि न्याय पाउन जनता जाने कहाँ ? यस्तो स्थितिप्रति सरकार र राजनैतिक दलहरू संवेदनहीन भएर बस्नु भनेको अत्यन्त आश्चर्यलाग्दो छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जनताले सरकारलाई गैरजिम्मेवार र राजनैतिक नेताहरूलाई अवसरवादीको आक्षेप लगाउने स्थिति नआओस् भन्ने हामी चाहन्छौँ । आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ सरकार र दलहरूले अविलम्ब पाइला चालोस्, हाम्रो आग्रह छ ।’

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ४६ बजे

‘विकल्प नै खोजिएको हो भने नेतृत्व र नीति दुवैमा कांग्रेस नयाँ भएर आएको छ’

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा

सुनसरी र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका-१० सेवालुङ चोक बस्ने २६ वर्षीय सन्दिप राईसमेत

सङ्खुवासभामा निर्वाचन तयारी तीव्र : आठ मतदानस्थल अति संवेदनशील

किमाथाङ्का– आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएकोे

हंगेरी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी

ताप्लेजुङ पुगेर प्रधानमन्त्रीले भनिन्- सबै मिलेर निर्वाचनलाई सफल बनाउनुपर्छ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सबै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल