नेपाली सुरक्षा अधिकारी उपस्थित कार्यक्रममा भारतीय सुरक्षा सल्लाहाकार डोभालले भने : नागरिक समाज युद्धको नयाँ मोर्चा « Khabarhub

नेपाली सुरक्षा अधिकारी उपस्थित कार्यक्रममा भारतीय सुरक्षा सल्लाहाकार डोभालले भने : नागरिक समाज युद्धको नयाँ मोर्चा


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालले नागरिक समाज युद्धको नयाँ मोर्चा भएको बताएका छन् ।

भारतको हैदरावादस्थित सरदार वल्लवभाइ पटेल पुलिस एकेडेमीमा नेपाल, भारतलगायतका तालिमे प्रहरी अधिकृतको तालिम समापन समारोहलाई सम्बोधन गर्दै डोभालले नागरिक समाजलाई युद्धको मोर्चा भएको बताएका हुन् । उनले नागरिक समाज चोथो पीढिको युद्धको मोर्चा भएको बताए । उनले नागरिक समाजलाई नयाँ युद्धको मोर्चा भन्दै यसले राष्ट्रिय हितमा ठूलो क्षति गर्न सक्ने बताए ।

उनले सैन्य युद्ध निकै महँगो र धान्न नसकिने हुने भन्दै त्यसको प्रतिफल पनि निश्चित नभएको बताए । तर नागरिक समाजले देशमा विखण्डन, हिंसा ल्याएर ठूलो क्षति गर्न सक्ने उल्लेख गरे ।

उनले तालिम सकेका प्रहरी अधिकारीहरुलाई देशलाई यस्ता सुरक्षा चुनौतिहरुसँग पनि चनाखो हुनुपर्ने सुझाव दिए ।

उनले देशमा कानून व्यवस्था सुदृढ नभएसम्म सुरक्षाको अनुभूति नहुनेसमेत बताए ।

डोभालले यसो भनिरहँदा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा पनि सो कार्यक्रममा सहभागी थिए । सो एकेडेमीमा नेपालका पाँचजना प्रहरी निरीक्षकले तालिम लिएर दीक्षित भएका छन् । स्क्रोल डट इनको सहयोगमा   

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ११ : ०१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको