नेपाली सुरक्षा अधिकारी उपस्थित कार्यक्रममा भारतीय सुरक्षा सल्लाहाकार डोभालले भने : नागरिक समाज युद्धको नयाँ मोर्चा « Khabarhub

नेपाली सुरक्षा अधिकारी उपस्थित कार्यक्रममा भारतीय सुरक्षा सल्लाहाकार डोभालले भने : नागरिक समाज युद्धको नयाँ मोर्चा


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालले नागरिक समाज युद्धको नयाँ मोर्चा भएको बताएका छन् ।

भारतको हैदरावादस्थित सरदार वल्लवभाइ पटेल पुलिस एकेडेमीमा नेपाल, भारतलगायतका तालिमे प्रहरी अधिकृतको तालिम समापन समारोहलाई सम्बोधन गर्दै डोभालले नागरिक समाजलाई युद्धको मोर्चा भएको बताएका हुन् । उनले नागरिक समाज चोथो पीढिको युद्धको मोर्चा भएको बताए । उनले नागरिक समाजलाई नयाँ युद्धको मोर्चा भन्दै यसले राष्ट्रिय हितमा ठूलो क्षति गर्न सक्ने बताए ।

उनले सैन्य युद्ध निकै महँगो र धान्न नसकिने हुने भन्दै त्यसको प्रतिफल पनि निश्चित नभएको बताए । तर नागरिक समाजले देशमा विखण्डन, हिंसा ल्याएर ठूलो क्षति गर्न सक्ने उल्लेख गरे ।

उनले तालिम सकेका प्रहरी अधिकारीहरुलाई देशलाई यस्ता सुरक्षा चुनौतिहरुसँग पनि चनाखो हुनुपर्ने सुझाव दिए ।

उनले देशमा कानून व्यवस्था सुदृढ नभएसम्म सुरक्षाको अनुभूति नहुनेसमेत बताए ।

डोभालले यसो भनिरहँदा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा पनि सो कार्यक्रममा सहभागी थिए । सो एकेडेमीमा नेपालका पाँचजना प्रहरी निरीक्षकले तालिम लिएर दीक्षित भएका छन् । स्क्रोल डट इनको सहयोगमा   

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ११ : ०१ बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र