कांग्रेस मतदानस्थलमा पत्रकारलाई प्रवेश रोक, विरोधस्वरुप क्यामेरा डाउन « Khabarhub

कांग्रेस मतदानस्थलमा पत्रकारलाई प्रवेश रोक, विरोधस्वरुप क्यामेरा डाउन


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी निर्वाचनमा मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।

भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा भएको मतदान प्रकृयाको रिपोटिङमा पुगेका पत्रकारलाई अवरोध गरिएको हो । प्रहरी र निर्वाचन समितिले अवरोधपछि पत्रकारहरुले विरोधस्वरुप क्यामेरा डाउन गरेका छन् ।

निर्वाचन समितिले माइकिङ गरेर पत्रकारलाई हटाउन भनिएको थियो । त्यसअघि निर्वाचन समिति, प्रहरी र पत्रकारबीच भनाभन हुने क्रममा धकेलाधकेल पनि भएको जनाइएको छ ।

साढे तीन घन्टा ढिलो गरि भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका थिए।

पत्रकारहरुले लिखित माफी माग्नुपर्ने माग गरेका छन् । महाधिवेशन स्थलमा उपस्थित पत्रकारहरू क्यामेरा भुइँमा राखेर धर्ना दिएर बसिरहेका छन्।

 

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १२ : १३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप