कांग्रेस सभापतिका चार उम्मेदवारले गरे मतदान « Khabarhub

कांग्रेस सभापतिका चार उम्मेदवारले गरे मतदान


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका चार उम्मेदवारले मतदान गरेका छन् ।

नयाँ कार्यसमिति चयनका लागि जारी मतदानमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा, विमलेन्द्र निधी, डा.शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरेका हुन् । सभापतिका अर्का उम्मेदवार कल्याण गुरूङले भने मतदान गरेका छैनन् ।

सहमतिमा नेतृत्व चुन्न प्रयत्न सफल नभएपछि सभापतिका आकांक्षीबीच प्रतिस्पर्धा चलिरहेको हो ।

देउवा, निधी, कोइराला र सिंहले दिउँसो साढे १ बजेअघि नै करिव एक/एक घण्टा लगाएर मतदान गरेको निर्वाचन सिमितिले जनाएको छ ।

कांग्रेसमा केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ ।

नयाँ कार्यसमिति चयनका लागि चार हजार ७४३ प्रतिनिधिले मतदान गर्दैछन् । केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । दिउँसो २ बजेसम्म ६०० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

 

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  २ : १६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने