सानिया मिस्त्रीः र्‍यापमा उदाउदै भारतीय ‘गली गर्ल’ « Khabarhub

सानिया मिस्त्रीः र्‍यापमा उदाउदै भारतीय ‘गली गर्ल’


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– र्‍यापको एक अलग्गै विश्व छ । र्‍यापरहरु संगीत र आफ्नो शब्दको सहयोगले समाजलाई गतिलो सन्देश दिने गर्दछन् ।

अभिनेता रणवीर सिंहको फिल्म ‘गली ब्वाइ’मा दर्शकले र्‍यापरको कथा र उनीहरुको संघर्षलाई पक्कै हेरेका छन् । भारतमा एक यस्ती युवती छिन्, जसले आफ्नो पहिचान ‘गली गर्ल’का रुपमा बनाएकी छन् ।

उनी हुन्, सानिया मिस्त्री । जो एक रिक्सावालाकी छोरी हुन् । उनको र्‍याप गायन कुनै पुरुषको भन्दा कम छैन । १५ वर्षकी सानिया कक्षा ११ मा पढ्छिन् । उनी तीन वर्ष यता र्‍याप गरिरहेकी छन् ।

परिवारको पालनपोषणका लागि पिताले रिक्सा चलाइरहँदा उनकी आमा भने घर–घर पुगेर काम गर्छिन् । र्‍यापको भिडियो बनाउनका लागि सानियासँग मोबाइल छैन । उनी आफ्नो साथीको मोबाइलबाट र्‍यापको भिडियो बनाउछिन् ।

सानिया वरपरका मानिसहरु र आफ्नो गरिबी देखेर र्‍याप गर्न प्रेरित भएकी हुन् । उनी गरिब जनताको समस्यालाई आफ्नो र्‍यापमार्फत प्रस्तुत गर्छिन् ।

‘मेरो सपना धेरै ठूलो छ र मलाई यो कुराको विश्वास छ कि मेरो सपना भगवानको कृपाले कहिले न कहिले पुरा हुनेछ । मेरो परिवारलाई र्‍याप भनेको के हो थाहा थिएन । मेरो छिमेकीहरुलाई पनि थाहा थिएन । मैले सबैलाई यसको बारेमा बताएँ । मैले उनीहरुलाई र्‍याप कसरी बनाइन्छ र मलाई कति मनपर्छ भन्ने कुरा सम्झाउनु परेको थियो । विस्तारै मेरो आमाले पनि र्‍याप मनपराउन थाल्नुभयो । मलाई शुरुमा एक युवती भएर र्‍याप गर्दा समाजले के भन्ला भनेर लाज पनि लागेको थियो । तर अहिले मेरो परिवार र शिक्षकहरुले मलाई समर्थन गरिरहेका छन्’, सानियाले भनेकी छन् ।

सानियाको इन्स्टाग्राम एकाउण्ट पनि छ । जसलाई उनले आमाको मोबाइलमार्फत प्रयोग गर्छिन् । सानियाकी साथी नासरीन अन्सारीका अनुसार सानियाले पहिलोपटक सार्वजनिक रुपमा प्रस्तुती दिँदा उनकी आमा निकै खुशी भएकी थिइन् ।

‘मैले सानियाको आमालाई छोरीले कसरी प्रस्तुती दिन्छिन् हेर्नुहोला भनेकी थिएँ । तर सुरुवातमा उनी ठूलो भीड देखेर निकै डराइन् । केही केटाहरुले जथाभावी कमेन्ट गरे । उनले जब सुरु गरिन्, सबैको तारिफ पाइन् । समय सकिँदै जाँदा सानियाले सबैमाझ आफ्नो प्रभाव छोडिन्’, नासरीनले भनेकी छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ३ : ३७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर