सानिया मिस्त्रीः र्‍यापमा उदाउदै भारतीय ‘गली गर्ल’ | Khabarhub Khabarhub

सानिया मिस्त्रीः र्‍यापमा उदाउदै भारतीय ‘गली गर्ल’


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– र्‍यापको एक अलग्गै विश्व छ । र्‍यापरहरु संगीत र आफ्नो शब्दको सहयोगले समाजलाई गतिलो सन्देश दिने गर्दछन् ।

अभिनेता रणवीर सिंहको फिल्म ‘गली ब्वाइ’मा दर्शकले र्‍यापरको कथा र उनीहरुको संघर्षलाई पक्कै हेरेका छन् । भारतमा एक यस्ती युवती छिन्, जसले आफ्नो पहिचान ‘गली गर्ल’का रुपमा बनाएकी छन् ।

उनी हुन्, सानिया मिस्त्री । जो एक रिक्सावालाकी छोरी हुन् । उनको र्‍याप गायन कुनै पुरुषको भन्दा कम छैन । १५ वर्षकी सानिया कक्षा ११ मा पढ्छिन् । उनी तीन वर्ष यता र्‍याप गरिरहेकी छन् ।

परिवारको पालनपोषणका लागि पिताले रिक्सा चलाइरहँदा उनकी आमा भने घर–घर पुगेर काम गर्छिन् । र्‍यापको भिडियो बनाउनका लागि सानियासँग मोबाइल छैन । उनी आफ्नो साथीको मोबाइलबाट र्‍यापको भिडियो बनाउछिन् ।

सानिया वरपरका मानिसहरु र आफ्नो गरिबी देखेर र्‍याप गर्न प्रेरित भएकी हुन् । उनी गरिब जनताको समस्यालाई आफ्नो र्‍यापमार्फत प्रस्तुत गर्छिन् ।

‘मेरो सपना धेरै ठूलो छ र मलाई यो कुराको विश्वास छ कि मेरो सपना भगवानको कृपाले कहिले न कहिले पुरा हुनेछ । मेरो परिवारलाई र्‍याप भनेको के हो थाहा थिएन । मेरो छिमेकीहरुलाई पनि थाहा थिएन । मैले सबैलाई यसको बारेमा बताएँ । मैले उनीहरुलाई र्‍याप कसरी बनाइन्छ र मलाई कति मनपर्छ भन्ने कुरा सम्झाउनु परेको थियो । विस्तारै मेरो आमाले पनि र्‍याप मनपराउन थाल्नुभयो । मलाई शुरुमा एक युवती भएर र्‍याप गर्दा समाजले के भन्ला भनेर लाज पनि लागेको थियो । तर अहिले मेरो परिवार र शिक्षकहरुले मलाई समर्थन गरिरहेका छन्’, सानियाले भनेकी छन् ।

सानियाको इन्स्टाग्राम एकाउण्ट पनि छ । जसलाई उनले आमाको मोबाइलमार्फत प्रयोग गर्छिन् । सानियाकी साथी नासरीन अन्सारीका अनुसार सानियाले पहिलोपटक सार्वजनिक रुपमा प्रस्तुती दिँदा उनकी आमा निकै खुशी भएकी थिइन् ।

‘मैले सानियाको आमालाई छोरीले कसरी प्रस्तुती दिन्छिन् हेर्नुहोला भनेकी थिएँ । तर सुरुवातमा उनी ठूलो भीड देखेर निकै डराइन् । केही केटाहरुले जथाभावी कमेन्ट गरे । उनले जब सुरु गरिन्, सबैको तारिफ पाइन् । समय सकिँदै जाँदा सानियाले सबैमाझ आफ्नो प्रभाव छोडिन्’, नासरीनले भनेकी छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ३ : ३७ बजे

सडकबाट जान सम्भव नभएपछि बालुवाटारबाटै बनेपाको छायाङ्कनस्थल शिलान्यास

काठमाडौं- बनेपा नगरपालिका–१० भैँसेपाटीमा निर्माण थाल्न लागिएको अत्याधुनिक चलचित्र छायाङ्कनस्थल

सांसद विष्टको सुझाव- बजेट अनुशासन कायम गर्नुहोस् 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकर्णराज विष्टले मुलुकको आर्थिक

कारको ठक्करबाट एक बालकको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी